पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन माग

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन माग

स्याङ्जा : विश्व हिन्दु युवा संघ स्याङ्जाले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मनाउन सार्वजनिक बिदाको माग गरेको छ। पुस २७ गते पर्ने राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मनाउनका लागि संघले सरोकारवालासँग सार्वजनिक बिदाको माग गरेका हुन्।

संघमा आवद्ध टोलीले वालिङ नगरप्रमुख कृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले क्रमशः जिल्लाका ११ वटै पालिकामा ज्ञापनपत्र बुझाउने भएका छन्।

ज्ञापनपत्र बुझ्दै वालिङ नगरप्रमुख कृष्ण खाँणले पृथ्वीनारायण शाहले गरेको योगदान नेपालीले भुल्न नहुने बताए। नेपाली जनतालाई एकताबद्ध गराउने काममा शाहको योगदान अतुलनीय रहेको जनाउँदै इतिहासको सम्मान गर्नुपर्ने बताए।

ज्ञापनपत्र बुझाउन विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नवराज पौडेल, संघका केन्द्रीय सदस्य डण्डपानी पङ्गेनी, जिल्ला सहप्रवक्ता कुशल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, समाजसेवी कमल कुँवर, गोविन्द पङ्गेनी लगायत पुगेका थिए।

अध्यक्ष पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपाल राष्ट्र निर्माता शाहलाई बिर्संदै गएकाले हाम्रो राष्ट्रियता कमजोर भएको दावी गर्दे इतिहास बिर्सेमा हामीलाई पनि आउँदो पुस्ताले सराप्ने उल्लेख छ।  यसैगरी संघीय र प्रादेशिक सरकारसँग पनि सोही ज्ञापनपत्र मार्फत सार्वजनिक बिदाको माग गरिएको छ।

अघिल्ला वर्ष पनि राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन स्थानीय पालिकासँग आग्रह गरेपछि स्याङ्जाका ११ मध्ये ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका अध्यक्ष पौडेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.