गठबन्धन कुनै पनि बेला भत्किन सक्छ : डा.केपी शर्मा (भिडियो वार्ता)

गठबन्धन कुनै पनि बेला भत्किन सक्छ : डा.केपी शर्मा (भिडियो वार्ता)

काठमाडौं: राजनीतिक विश्लेषक डा.केपी शर्माले गठबन्धन कुनै पनि बेला भत्किन सक्ने दाबी गरेका छन्।

अनेकौँ पार्टीको टेकोमा रहेको गठबन्धन एकअर्काको स्वार्थ नमिलेकै विन्दुबाट भत्कन सक्ने खतरा रहेको शर्माले औँल्याए। गठबन्धनमा खटपट आउने वित्तिकै सरकार फेरिने उनको दाबी छ। गठबन्धन जोगाउने वा भत्काउने चाबी भने एमाले अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेको उनले बताए।
 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै शर्माले ओलीले पार्टी एकीकरणसहितको उद्देश्य राखेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए मात्र यो गठबन्धन पाँच वर्ष टिक्ने जिकिर गरे। अन्यथा साढे दुई वर्षपछि 'पावर सेयरिङ' कै विषयले प्रचण्डले गठबन्धन तोड्ने उनको दाबी छ। उनले भने, 'एमालेलाई नै राष्ट्रपति, प्रधानमन्त्री र समाभुख दिएर माओवादीले रमिते मात्र बन्न ओलीलाई नेतृत्व दिदैन त्यसबेला फेरि प्रचण्डले गठबन्धन तोड्न सक्छन्।'

माओवादीसँग पानी बाराबारको स्थिति रहँदा पनि ओलीले किन प्रचण्डलाई नै प्रधानमन्त्री बनाए भन्ने प्रश्नमा शर्माले भने,'तत्कालीन संसद विघटन गर्दा पूर्वसहमतिविपरित देउवा पछि हटेपछि धोका पाएका ओलीले अहिले देउवासँग प्रतिशोध लिएका हुन्। विगतमा माधव नेपालसँग मिलेर ओलीलाई सडकमा पुर्‍याइदिएका प्रचण्डलाई पनि ओलीले कुनै पनि बेला बदला लिन सक्छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.