अर्थतन्त्र सुधारको सकारात्मक संकेत मिलेको छ: डा. दंगाल (भिडियो वार्ता)

अर्थतन्त्र सुधारको सकारात्मक संकेत मिलेको छ: डा. दंगाल (भिडियो वार्ता)

काठमाडौं: अर्थशास्त्री डा.दिलनाथ दंगालले देशमा अर्थतन्त्र सुधारको संकेत मिलेको बताएका छन्। 

अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहे पनि सकारात्मक आशा पलाएको उनले बताए। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै डा. दंगालले नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याएको बताए। 

रेमिट्यान्स बढ्नु, विदेशी मुद्राको सञ्चिती बढ्नु र पर्यटकको चहलपहलले अर्थतन्त्र सुधारको आशा जगाएको डा दंगालको भनाइ छ।

४२ प्रतिशतसम्मको अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्नु, मूल्य बृद्धि रोक्नु, उत्पादन बढाउनु अहिलेका अर्थमन्त्री विष्णु पौडेलका जिम्मेवारी रहेको उनले बताए। यसका लागि अर्थमन्त्रीले विज्ञ सल्लाहकारको टिम बनाएर काम गर्नुपर्ने उनको भनाइ छ। यो काम चुनौतीपूर्ण रहेको उनले बताए।

कृषि र पर्यटनलाई प्राथमिकता राखेर काम गर्न सके बाध्यकारी रोजगारीमा जाने युवाको संख्या घट्ने उनको ठहर छ। डा दंगालसँग गरिएको कुराकानी हेर्नुहोस्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.