प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहन्छ : सोमप्रसाद पाण्डे (भिडियो वार्ता)

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहन्छ : सोमप्रसाद पाण्डे (भिडियो वार्ता)

काठमाडौं: नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई समर्थन रहने बताएका छन्। 

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै पाण्डेले राजनीतिमा हिजो के भएको थियो भन्दा पनि अब कता लाने भन्ने मुख्य विषय भएकाले मुलुकको हितका लागि एमाले नेतृत्वमा बनेको गठबन्धनलाई पूरै कार्यकाल टिक्न दिने गरी निर्णय गरिने बताए। 

कांग्रेससँग सहकार्यको ढोका बन्द भइसकेको घोषणा गर्दै पाण्डेले भने, 'प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहन्छ। तर सरकारमा जाने नजाने विषय विचार गरेर मात्रै निर्णय हुन्छ।'

 
माधव नेपाललाई राष्ट्रपति दिए मात्र प्रचण्डलाई समर्थन दिने रे नि भन्ने प्रश्नमा पाण्डेले भने,'नेकपा एकीकृत समाजवादीले पदमा बार्गेनिङ गर्दैन, तर राष्ट्रपतिका लागि देशभर भोटिङ गर्ने हो भने समकालीन नेतृत्वमा माधव नेपाल सबैभन्दा इमानी र लोकप्रिय नेता हो। राष्ट्रपतिमा उहाँको चर्चा र दाबी स्वाभाविक छ।'

माओवादी पार्टीसँग तत्कालै एकता नहुने तर उपेन्द्र यादव नेतृत्वको जसपासँग भने एकताको विषयमा वार्ता भने भएको उनले खुलाए। नेतृत्वबीच कुरा मिले एमालेसँग पनि एकतालाई नकार्न नसकिने पाण्डे बताउँछन् । उनले भने, 'विगतमा के भयो र कसो भयो भनेर प्रतिशोध लिने हैन मुलुकलाई एकढिक्का भएर अघि बढाउन बामपन्थी एक ठाउँमा आउन पर्छ। ४८ प्रतिशत बामपन्थी मत रहेको मुलुकमा बामपन्थी छिन्नभिन्न हुनु राम्रो हैन।' हेर्नुहोस् पाण्डेसँग गरिएको कुराकानी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.