अस्पताल निर्माणमा वडा बाधक

अस्पताल निर्माणमा वडा बाधक

बैतडी : बैतडीमा अस्पताल स्थापना गर्ने ठाउँबारे स्थानीयबीच विवाद हुँदा मेलौली नगरपालिकामा विगत ९ वर्षदेखि १५ शय्याको अस्पताल अलपत्र बनेको छ।

मेलौली नगरपालिका–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गरी १५ शय्याको अस्पताल निर्माणका लागि २०७० सालमै निर्णय भएको हो तर अस्पताल आआफ्नो वडामा राख्ने भन्दै मेलौली–१ र ७ वडाबासी बीचको विवाद उत्कर्षमा पुगेको छ। सरकारी नीति अनुसार १५ शय्याको अस्पतालका लागि १५ रोपनी जग्गा आवश्यक पर्छ। केशरपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले २०७० देखि अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा पटक–पटक खोजी गरिरहेको थियो। कसैले पनि जग्गा दिन इच्छा देखाएनन्। मेलौली नगरपालिका–१ का बिट्ठेनामा १५ रोपनी जग्गा उपलब्ध गराए। बिट्ठेनाबासीले जग्गा उपलब्ध गराएकाले अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढाइयो। मेलौली–७ केशरपुरका बासिन्दाले त्यसको विरोध गर्दैै २०७१ वैशाखमा १५ रोपनी जग्गा दान गरे ।

विवादकाबीच न मेलौली नगरपालिका–१ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढ्यो न केशरपुर स्वस्थ्य केन्द्रमै। दुवै ठाउँबाट सोही प्रयोजनका लागि जग्गा दान भइसकेपछि उल्झन सुरु हुँदै गयो। २०७१ देखि जिवाद सुरु भएको २०७४ सालसम्म विवाद कायमै रहेपछि २०७४ फागुनमा स्वास्थ्य मन्त्रालयबाट उक्त बजेट तथा बन्ने भनिएको १५ शय्याको अस्पतालको योजना नै कटौती भयो। 

त्यसपछि तत्कालिन (अहिले निवर्तमान) नगर प्रमुख कृष्ण सिंह नायकले स्वास्थ्य मन्त्रालयको योजना शाखामा योजना कटौतीको विषयमा बुझे। जग्गा विवादकै कारण उक्त योजना कटौती भएको योजना शाखाबाट जानकारी भयो। त्यसपछि स्वाथ्य मन्त्रालयले पनि अन्तिम मौकाका रूपमा कार्यपालिकाबाट स्थान छनोट गरी अस्पताल बनाउने निर्णय गर्‍यो। तत्कालीन नगर प्रमुख कृष्णसिंह नायकका अनुसार २०७४ सालको चैत २१ गते र २२ गते नगरपालिकाको पूर्ण बैठकबाट बृहत् छलफल गरी मेलौली नगरपालिका–१ को बिट्ठेना मै १५ शय्याको अस्पताल निर्माण गर्ने र केशरपुर स्वास्थ्य केन्द्रमा नगरपालिकाबाट एक करोड बजेट विनियोजन गरी थप संरचना निर्माण गर्ने गरी सहमति भयो। उक्त कार्यपालिका बैठकको निर्णय स्वास्थ्य मन्त्रालयमा पेस गरी बिट्ठेनामै अस्पताल निर्माणको प्रक्रिया सुरु गर्ने तयारी भयो।

यतिमात्रै होइन स्वास्थ्य मन्त्रालयले २०७८ पुस २० गते बिट्ठेनामै अस्पताल निर्माणको लागि डीपीआर बनाउन समेत पत्राचार गर्‍यो। मेलौली १ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले डिपिआर स्वीकृत गरी टेन्डरसमेत खोल्न नगरपालिकालाई पत्राचार गरिसकेको छ।

नेपाल हेल्थ सेक्टर सर्पाेट पोग्राम (एनएचएसएसपी)ले डीपीआर पनि तयार पारेको छ तर अस्पताल निर्माणको लागि टेन्डर आह्वान हुन सकेको छैन। दुवै पक्षको विवादका कारण टेन्डर आह्वान गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।

तत्कालीन समयमा स्थलगत अनुगमन गरेको नापी कार्यालय, सहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला मालपोत कार्यालय बैतडीको संयुक्त प्राविधिक टोलीले गरेको अनुगमनमा केशरपुर स्वास्थ्य केन्द्रमै १५ शय्याको अस्पताल बन्नुपर्ने आधारसहित तयार पारेको प्राविधिक प्रतिवेदनमा उल्लेख गरिएको वडा नं ७ बासीकोदावी छ।

उक्त प्राविधिक प्रतिवेदनमा बजार क्षेत्रको पहुँच, खानेपानीको व्यवस्था, सडक पूर्वाधारले छोएको लगायतका आधारमा केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल बन्नुपर्ने भए पनि नगरपालिकाले  निर्णय गर्दा उक्त प्राविधिक प्रतिवेदनको वास्ता नगरेको वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले बताए। सोही दाबीसहित वडा नं ७ बासीले बेलाबेला नगरपालिकालाई ध्यानाकार्षणसहित पालिकालाई ज्ञापनपत्र बुझाइरहेका हुन्।

बिट्ठेनाका स्थानीयले अघि नै जग्गादान गरेको र प्रक्रियासमेत अगाडि बढीसकेकाले नगरपालिकाको पूर्ण बैठकबाट सहमतिसहित बिट्ठेनामै १५ शय्याको अस्पताल निर्माणको निर्णय गरिएको निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले बताए। 

सुरुवात देखिको जग्गा विवादको विषय अहिले उत्कर्षमा पुगेको छ। मेलौली नगरपालिका वडा न १ बासिन्दाले केशरपुर स्वस्थ्य केन्द्रलाई स्तरोन्नती गरिनुपर्ने  र नयाँ बन्न लागेको १५ शय्याको अस्पताल बिट्ठेनामै बन्नुपर्ने माग गर्दै आएका छन्।

सबै प्रक्रिया पूरा गरेर ठेक्का आह्वान गर्न गरिएको परिपत्रलाई कार्यान्वयन गर्नुपर्ने मेलौली १ का जगदिश सिंह नायकले बताए। ‘पुरानो केशरपुरलाई सार्ने भन्ने होइन, उक्त अस्पताललाई पनि स्तरोन्नती गर्नुपर्छ तर पहिला जग्गा दान गर्ने विट्ठेनाबासीको भावनामा ठेस पुगाउनु हुँदैन’, उनले भने।

केशरपुर स्वास्थ्य केन्द्र स्तरबृद्धीको योजना भएको र उक्त ठाउँमा जमिनसमेत उपलब्ध गराइसकेको हुनाले केशरपुरमै १५ शय्याको अस्पताल बन्नुपर्ने वडा नं ७ का वडा सदस्य लोकमणी भट्टको दाबी छ। २०१६ सालमा स्थापना भएको केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल निर्माण गर्नुपर्ने आधार देखिएकाले अन्त सारिनु नहुने स्थानीयकेशव सिंह भाटले बताए।

दुवै क्षेत्रका स्थानीयहरूले आआफ्नै दाबी राखीरहेका कारण केहिदिन यता पालिकामा तनाव उत्पन्न भएको छ। दुवै पक्षले सडक अबरुद्ध पार्ने, तालाबन्दी गर्ने र झडपको समेत स्थिति आएको छ। यही पुस ७ गते भएको झडपमा परी करिब ३५ जना घाइते भएका थिए।

लगातारको आन्दोलनका कारण नगरपालिकाले पनि स्वास्थ्य मन्त्रालयले बिट्ठेनामै अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्न जारी गरेको परिपत्र कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.