घरपझोङका ज्येष्ठ नागरिकलाई ६ दिने अवलोकन भ्रमण
जोमसोम: मुस्ताङको घरपझोङ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराएको छ।
बुधबारदेखि ज्येष्ठ नागरिकलाई ६ दिने अन्तरजिल्ला भ्रमण थालिएको गाउँपालिकाले जनाएको छ। पालिकाले ६० वर्ष नाघेका १३५ जना ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण गर्न पठाएको पालिकाका सामाजिक विकास समितिका संयोजक फलेन्द्र थकालीले बताए।
घरपझोङले पोखराका विभिन्न धार्मिक स्थल, लुम्बिनी, सीजी टेम्पल, चितवनको राष्ट्रिय निकुञ्ज र सौराहा घुमाउने योजना बनाएको छ।