प्रदेश-१ को मुख्यमन्त्री माओवादीले नै राख्छ : गगन पुरी (भिडियो वार्ता)

प्रदेश-१ को मुख्यमन्त्री माओवादीले नै राख्छ : गगन पुरी (भिडियो वार्ता)

काठमाडौं: नेकपा माओवादी केन्द्र प्रदेश कमिटीले प्रदेश- १ को मुख्यमन्त्री अरू दललाई छोड्न नसकिने जनाएको छ।

प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरीले विगतमा पनि एमालेलाई नै मुख्यमन्त्री छाडेको माओवादीले यसपटक मुख्यमन्त्री अरूलाई छाड्न नसकिने बताएका हुन्।

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै पुरीले गठबन्धनको मर्मलाई आत्मसाथ गर्दै एमालेले निर्णायक शक्ति रहेको माओवादीलाई मुख्यमन्त्री छाड्नुपर्ने बताए।

 
'नयाँ गठबन्धन नबनेको भए एमाले कुनै पनि ठाउँमा सत्तामा देखिने थिएन। हामीलाई बाइपास गरे सरकार बन्दैन। आलोपालोमा सहमति हुन सक्छ तर लगत्तैको मुख्यमन्त्री माओवादीकै हुन्छ र हुनुपर्छ। अन्यथा अर्को गठबन्धन बन्ने अवस्था आउँछ,' मुख्यमन्त्रीको दाबीबारे अध्यक्ष प्रचण्डलाई पनि ब्रिफिङ गरिएको बताउँदै पुरीले भने,'अध्यक्ष प्रचण्डलाई पनि यसबारे बिफ्रिङ गरिएको छ । उहाँले एमालेसँग कुरा गरेर मिलाउँछु भन्नु भएको छ । पार्टी कार्यकर्ता र प्रदेश पदाधिकारीको मनोविज्ञान विपरित निर्णय भए केन्द्रबाट हुने आदेशको अवज्ञा पनि हुन सक्छ।' पुरीसँगको कुराकानी हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.