अस्पतालमा डाक्टर टिक्दैनन्

अस्पतालमा डाक्टर टिक्दैनन्

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिकाको मगरागाडीको आरसी थारु मेमोरियल नगर अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीहरूलाई पूर्णरूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन। अस्पतालले नियुक्ति गरेका डाक्टर वृत्ति विकास गर्न जागिर छाडेर पढाइका लागि अन्यत्र गएपछि अस्पतालमा चिकित्सकको कमी भएको छ।

बारबर्दिया नगरपालिकाको सहकार्यमा सञ्चालित अस्पतालमा डाक्टर नहुँदा बिरामीहरू समस्यामा पर्ने गरेको स्थानीय डोरराज गिरीले बताए। कोटा र योग्यता अनुसारको चिकित्सक अस्पतालमा छैनन्। डाक्टरहरू अस्पतालमा आएपनि टिक्दैनन्। गुनासो पोख्दै उनले भने नगरको कारणले हो कि माथिबाटै हो खोइ केही बुझ्न सकिएन। स्वर्गीय पितामाता भैरवबहादुर र चित्रदेवी थापाको स्मृतिमा छोराबुहारी कपिन्द्रबहादुर र लक्ष्मी थापाले दान दिएको ५ कठ्ठा क्षेत्रफलमा आरसी थारु मेमोरियल नगर अस्पताल सञ्चालनमा छ।

आवश्यक जनशक्ति अभावमा सेवाग्राहीहरूले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन्। सामान्य बिरामी हुँदा स्थानीय स्तरमै उपचार गराउन सहज हुने भए पनि चिकित्सक अभावमा सेवा प्रवाहले गति लिन सकेको छैन।सरकारले स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गरिदिन गिरीको माग छ।

बारबर्दिया र गुलरिया नगरपालिका जोड्ने छोटो दूरीको जब्दीघाट पुल बबइ नदीले पूर्ण रुपमा क्षति पुर्‍याएपछि बर्दिया अस्पतालसँग स्वास्थ्य सेवा लिन कठिन भैरहेको अवस्थामा आरसी थारु मेमोरियल नगर अस्पतालमा पूर्णस्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनले प्रष्ट्याए।

अस्पतालहरूमा बिरामीको चाप बढिरहँदा चिकित्सक अभाव खट्किनु राम्रो कुरा होइन। अस्पतालले पारिश्रमीकमै डाक्टर राखे पनि विभिन्न वाहानामा डाक्टरहरूले स्वास्थ्य संस्था छाड्ने क्रमले अस्पतालहरू समस्यामा परेका छन्। डाक्टर अभावमा अस्पतालले पूर्ण सेवा प्रवाह गर्न बञ्चित भएको छ। विगतमा ३ जना डाक्टरहरू अस्पतालमा रहेपनि अहिले एक जनामात्र डाक्टरमार्फत सेवा दिँदै आएको आरसी थारु मेमोरियल अस्पतालका ब्यवस्थापक थीरबहादुर खड्काले बताए।

करारमा राखिएका दुई जना डाक्टर बृत्तिविकासका लागि अध्ययन गर्न राजीनामा दिएर छाडेपछि यतिखेर अस्पताललाई समस्या परेको छ। नगरपालिकाले पुनः करारमा डाक्टर थप गर्ने तयारी गर्दैछ। अस्पताल मार्फत २४ घण्टे सेवा दिँदै आएका छौं। उनले भने अन्तरंग, वहिरंग, इमरजेन्सी, बर्थिङ सेन्टर, सिकलसेल, खोपलगायत परिवार नियोजन सेवा अस्पतालमा उपलब्ध छ। अस्पतालमा दिनहुँ ५०-६० जना बिरामीहरू सेवा लिन आउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.