विराटनगरको अवैध मदिरा उत्पादनस्थलमा छापा

विराटनगरको अवैध मदिरा उत्पादनस्थलमा छापा

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा अवैध घरेलु मदिराको उत्पादन र बिक्री वितरणमा प्रहरीले कडाइ गर्न थालेको छ । 
अवैध मदिरा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको हो । ठाउँठाउँमा भट्टी नै सञ्चालन गरेर घरेलु मदिरा उत्पादन गर्दै बिक्रीका लागि बजारसम्म पुर्‍याउने गरेको पाइएपछि प्रहरी कडा रूपमा प्रस्तुत भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । 

‘कानुनले घरेलु मदिरालाई अवैध मानेको छ । उत्पादन,ओसारपसार र बिक्रीमा रोक लगाएको छ,'उनले भने,‘तर,व्यावसायिक रूपमा उत्पादन हुने गरेको पाइयो । नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको छ ।’

अवैध मदिरा उत्पादनस्थलमा निगरानी बढाउँदै नियन्त्रणमा लिन ‘विशेष अभियान’चलाइएको कोइरालाले बताए । उनका अनुसार अवैध मदिरा र मदिरा उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ तथा भाँडावर्तन नियन्त्रणमा लिने गरिएको छ । यसको धन्दामा संलग्नलाई आगामी दिनमा पुनः उत्पादन गरिए कारबाही अघि बढाउने चेतावनी प्रहरीले दिएको छ । 

विराटनगर महानगरपालिका–१२ मंगलबारेमा प्रहरीले शुक्रबार बिहान छापा हानेर प्रतिबन्धित घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र तयारी मदिरा नियन्त्रणमा लिएको छ । घरेलु मदिरा बनाएर बेचबिखन गरिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले मदिरा उत्पादनस्थलमा छापा हानेको हो । 

घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ,भाँडावर्तन र तयारी मदिरा प्रहरीले बरामद गरेको छ । प्रहरीले २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, १ सय २५ लिटर तयारी र मदिरा बनाउन प्रयोग गरिएका ३१ थान भाँडावर्तन नियन्त्रणमा लिएको एसपी कोइरालाले बताए । 

उनका अनुसार २ लाख ४ हजार बढी मूल्यका सामान बरामद गरेर आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको छ । 

प्रतिबन्धित घरेलु मदिराका कारण झैझगडा र घरेलु हिंसाका घटना बढेको प्रहरीको निस्कर्ष छ । अपराधिक घटना र विभिन्न खालका हिंसा रोक्न घरेलु मदिरा नियन्त्रणलाई प्राथमिकतामा राखिएको कोइरालाको भनाइ छ । व्यावसायिक हिसाबले प्रतिबन्धित मदिराको उत्पादन हुन नदिन विभिन्न निकायसँग पनि समन्वय भइरहेको उनले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.