अत्यधिक मापसे गरेका पुरुषको मृत्यु

अत्यधिक मापसे गरेका पुरुषको मृत्यु

विराटनगर : अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेर ढलेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–१ मा भेटिएका १ जना पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय बाबुराम घिमिरे बूढीगंगा–१ स्थित पब्लिक बोर्डिङ स्कुलनजिक गत बुधबार राति ८ बजेतिर बेवारिसे अवस्थामा भेटिएका थिए। 

उनको तत्काल पहिचान खुलेको थिएन। इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी वरिष्ठ नायव उपरीक्षक मुना डाँगी नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पठाएको थियो। 

विराटले थप उपचारका लागि बिहीबार विराटनगरस्थित कोसी अस्पताल रेफर गुर्‍यो। को

सी अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान ७ बजेतिर घिमिरेको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार मापसे गरेर ढलिरहेको अवस्थामा उद्धार गरेर प्रहरीले उपचारका लागि पठाएको हो। 

आफन्त सम्पर्कमा आएपछि मृतकको पहिचान खुलेको हो। पोस्टमार्टम गरेर शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको श्रेष्ठले बताए। 

अत्यधिक मापसे गरेका कारण घिमिरेको मृत्यु भएको हुनसक्ने बताउँदै उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.