धरानमा करको दायरा विस्तारमा सक्रियता बढ्यो

धरानमा करको दायरा विस्तारमा सक्रियता बढ्यो

धरान : धरान उपमहानगरपालिकामा करको दायरा विस्तार गरिएको छ। 

विना दर्ता कारोबार गरिरहेका व्यापारीहरूलाई आन्तरिक राजस्व कार्यालय धरानले करको दायरामा ल्याएसँगै करको दायरा विस्तार भएको हो। 

लक्ष्य अनुसारको कर संकलन गर्न आन्तरिक राजस्व कार्यालय धरानले प्रदेश १ का सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा कर्मचारी परिचालन गरिएको आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए। 

धरान लगायतका स्थानमा विगत लामो समयदेखि विना दर्ता सञ्चालनमा आएका सूर्ति पसल, तरकारी पसल, सामुदायिक वनहरूलाई सरकारको नियम अनुसार करको दायरामा ल्याइएको आचार्यले बताए। 

आचार्यका अनुसार विना दर्ता आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर (पान)  लिएर मात्र कारोबार गर्न उनीहरूलाई करको दायरामा ल्याइएको छ। 

विना दर्ता सूर्तिजन्य वस्तुको कारोबार गर्ने ४ सय ७२ जना अन्तशुल्क इजाजत प्रदान गरी करको दायरामा ल्याइएको प्रमुख कर अधिकृत आचार्यले बताए। 

करको दायरामा आएका व्यापारीहरूबाट ९ लाख ४४ हजार राजस्व संकलन गरिएको उनले बताएका छन्। 

त्यस्तै धरानका २८ वटा सामुदायिक वनहरूलाई पनि करको दाहेरामा आउन अनुरोध गरिएको आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत सुरज पौडेलले बताए। 

उनले धरान र बराहक्षेत्रका खानेपानी उपभोक्ता समितिलाई समेत करको दाहेरामा ल्याइएको बताए। धरानको कृषि उपज बजार र सब्जी मण्डिमा सञ्चालनमा रहेका २१ जना भारतीय सहितका व्यवसायीहरूलाई करको दाहेरामा ल्याएको छ। 

उनले राजस्व चुहावट नियन्त्रणका लागि चालु बजेटले मार्गनिर्देश गरे अनुरूप सघन रूपमा बजार अनुगमन गर्न जुनसुकै समयमा पनि कर्मचारी परिचालन गरिने बताए।

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ९५ जना करदाताहरूको कारोबार स्थलमा अनुगमन गरेर नियम अनुसार जरिवानाबाट ९ लाख १० हजार रूपैयाँ राजस्व संकलन गरिएको बताए। 

आन्तरिक राजस्व कार्यालय धरानले प्रदेश १ को धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम जिल्लामा करदाता सेवा कार्यालय मार्फत सेवा र कर संकलनको काम गर्दै आएको छ। 

राजस्व कार्यालयले विगतमा राजस्व जोगिमका दृष्टिबाट छनौट भएका करदाताहरूको कर परीक्षण र अनुसन्धान कार्यलाई प्राथमिकताका साथ अगाडि बढाई लक्ष्य अनुसारको कर संकलनका लागि कर्मचारीहरू परिचालन गरिएको प्रमुख कर अधिकृत आचार्यले बताए। 

विगत लामो समयदेखि कर बक्यौता रहेका करदाताहरूलाई अन्तिम तहको कानुनी कारबाहीमार्फत बक्यौता असुल गरिएको बताए। 

उनले कर बक्यौता गर्ने मूल्यअभिवृद्धि तर्फका ४१ करदाता र आयकर तर्फ २० करदाताहरूको बैंक खाता रोक्का गरी थप सम्पत्ति रोक्का लगायतको कानुनी कारबाही अगाडि बढाइएको बताए। 

उनले कर्मचारी परिचालन गरेर बक्यौता रहेको २ करोड ८६ लाख ४९ हजार रकम संकलन गरिएको बताए। पाँच लाखभन्दा बढी बक्यौता रहेका करदाताहरूलाई तत्काल राजस्व जम्मा गर्न निर्देशन गरिएको  प्रमुख कर अधिकृत आचार्यले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.