अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा हजार बढिले लिए सेवा
ललितपुर :अल्का अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
जावलाखेलमा रहेको अल्का अस्पतालले यही पुस १८ देखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको हो।
शिविरमा १ हजार भन्दा बढीले स्वास्थ्य जाँच गरेका थिए।
अस्पताल परिसरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ,मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भएको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए।
शिविरमा स्वास्थ्य जाँच गरिएकालाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिएको थियो।
शिविरमा सहभागीलाई आइभिएफमा १ लाख रुपैयाँ छुटको व्यवस्था मिलाइएको थियो। त्यस्तै, एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिएको अस्पताल प्रशासनले जनाएको छ।
शिविमा सहभागीले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन।
अल्का अस्पतालले यसअघि लमजुङ्ग,मकवानपुर,काभ्रे लगायतका दर्जनौं जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।