विराटनगरमा पार्किङ व्यवस्थित गरिँदै, जग्गाधनीसँग सम्झौता

विराटनगरमा पार्किङ व्यवस्थित गरिँदै, जग्गाधनीसँग सम्झौता

विराटनगर : प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा सवारी पार्किङलाई व्यवस्थित गरिने भएको छ। 

विराटनगरमा पार्किङस्थलको अभाव थियो। सडकमा जथाभावी पार्किङ गरिँदा प्रदेश राजधानी अस्तव्यस्त बनेको छ। सवारीसाधन गुड्ने सडकमा गरिँदै आएको अव्यवस्थित पार्किङले ट्राफिक जाम बढाइरहेको छ। 

पार्किङ व्यवस्थापन गर्नका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ। त्यस क्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसँग सम्झौता गरेको छ। 

विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको ३ कट्ठा ५ धुर जग्गा पार्किङका लागि प्रयोग गर्ने गरी सम्झौता भएको हो। 

महानगर र सम्बन्धित जग्गाधनीबीच सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ। सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेलले हस्ताक्षर गरेका छन्। जग्गाधनीका तर्फबाट शोभा, केदारशक्ति र बद्रीशक्तिले हस्ताक्षर गरेका छन्।

उनीहरूले महानगरलाई १ वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन्। सम्झौता अनुसार सरसफाईसहितका सम्पूर्ण कार्यहरू महानगरले गर्नुपर्ने छ। त्यस्तै महानगरले सशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ। सम्झौता भंग गर्नु परेमा कम्तीमा २ महिना अगाडि जानकारी गराउनु पर्नेछ। 

मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा सहयोग गर्न महानगरवासीलाई आग्रह गर्दै आएका छन्। 

प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना रहेको कोइरालाले बताए। सोही योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गर्ने भएको छ। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले अतिथिसदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको जानकारी दिए। यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यतामा ह्रास आएको छ। खाली जग्गामा फोहोर थुपारे महानगरले सम्बन्धित जग्गाधनीलाई कारबाही गर्ने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। मेरो निजी जग्गा हो भनेर जग्गाधनीलाई जथाभावी फोहोर थुपार्न नदिइने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.