प्रचण्ड नेतृत्वको सरकार चार महिना पनि चल्दैन: चौधरी (भिडियो वार्ता)

प्रचण्ड नेतृत्वको सरकार चार महिना पनि चल्दैन: चौधरी (भिडियो वार्ता)

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सप्तरी क्षेत्र नम्बर ४ का सांसद तेजुलाल चौधरीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतमा असफल पार्ने बताएका छन्। 

प्रचण्डलाई विश्वासको मत दिनू अनैतिक हुने भन्दै चौधरीले अब कांग्रेसले त्यसलाई असफल पार्ने चेतावनी दिए। अब कांग्रेसले प्रचण्डलाई नरिझाउने दाबी गर्दै सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने बताए संस्थागत रुपमा आफूहरूको असहमति हुने बताए। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै चौधरीले प्रचण्ड नेतृत्वको सरकार चार महिनासम्म पनि नचल्ने बताए। उनले भने, 'प्रचण्ड नेतृत्वको सरकार बढीमा ४ महिना चल्छ। लगत्तै ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्छ। सो सरकारलाई माधव नेपाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन र रवि लामिछानेको पनि समर्थन हुनेछ।'

अब पार्टीलाई बलियो बनाउने बेला आएको भन्दै उनले कम्युनिष्टको साथमा हिँडेर पार्टी बलियो नहुने बताए। अब जनताको एजेण्डा सदन र सडकमा घन्काएर पार्टी र देशलाई समृद्ध बनाउन आफूहरू लाग्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.