साउदीमा ४ सय नेपालीलाई दिइयो बहिर्गमन भिसा

साउदीमा ४ सय नेपालीलाई दिइयो बहिर्गमन भिसा

साउदी: साउदी अरेबियामा ४ सय नेपालीलाई बहिर्गमन भिसा दिइएको छ। वैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले एकामा नवीकरण नगरेको, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको हो।

नेपाली दूतावास रियादको सहयोगमा  साउदी सरकारले एक महिना भित्रमा ४५६ जना नेपालीको  बहिर्गमन भिसा जारी गरेको हो। जसबाट उनीहरू सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन् भने भिसा प्राप्त गरेकाले अब ७ दिन भित्र साउदी अरेबिया छोड्नु व्यवस्था छ।
 

बहिर्गमन भिसा बारे बारेमा नेपाली दूतावास रियादले नेपाली कामदारको सुचना जारी गदै  बहिर्गमन एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ भने बहिर्गमन भिसा पाएकाले स्वदेश फिर्ताको लागि हवाई टिकट स्वयंले व्यवस्था गर्नुपर्नेछ।

कस्ता कामदारलाई दिइन्छ बहिर्गमन भिसा?
बहिर्गमन भिसा लिन साउदी सरकारले विभिन्न मापदण्ड तोकेको छ। साउदी स्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसाको मापदण्ड यस्ता छन्:
- इकामाको (आईडी) म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेका,
-  साउदी अरेबिया आएको ३ महिना भन्दा बढि समयसम्म पनि इकामा नबनेका
-  हुरूब लागेका कामदारको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गरिने
-इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न नमिल्ने 
- कामदारको कुनै केस  वा फाइन/जरिवाना छ भने  त्यो  केस वा फाइन/जरिवाना क्लियर नभएसम्म एक्जिट भिसा नलाग्ने 

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग रहेकाले  दूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने  जनाएको छ। साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन (जवाजत) कार्यालयबाट मात्रै एक्जिट भिसाको प्रोसेसिङ गर्नुपर्ने साउदी नियम छ।
 
एक्जिट भिसा प्रोसेसिङका लागि नेपाली दूतावास रियादले  सम्पर्क नंबर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्य दूतावास जेद्दाले  ०५८ २८१ ७१८८ सार्वजनिक गरेका छन भने  नेपाली दुतावासले  साउदीमा कार्यरत नेपालीलाई राहदानी नवीकरण गर्न अस्थायी रुपमा राहदानी आवेदन संकलनका लागी  साउदीको ताबुक, आभा, खमिस,  दमाम , जुवेल, रियाद, जेद्दा, हाईल,  शहरमा कार्यालय व्यवस्था गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.