भक्तपुर विस्फोट : सिलिन्डर जस्ताको त्यस्तै, तर भत्कियो ढलान र गारो पनि

भक्तपुर विस्फोट : सिलिन्डर जस्ताको त्यस्तै, तर भत्कियो ढलान र गारो पनि

भक्तपुर : भक्तपुरमा रहस्यमय विस्फोट हुँदा एक जना महिला घाइते भएकी छन्। सूर्यविनायक नगरपालिका-३ बालकोटमा ग्याँस सिलिण्डर पडकेर तारा घले थपलिया घाइते भएको प्रहरीले जानकारी दिएको छ। ग्याँस सिलिन्डर पड्किएको भनिए पनि सिलिण्डमा कुनै क्षति देखिँदैन। तर घरको भान्सामा ठूलो क्षति भएको छ। घरका भित्तासमेत चर्किएपछि स्थानीयहरू आश्चर्यमा परेका छन्। 

भक्तपुर प्रहरीका अनुसार ६५ वर्षीय रामप्रसाद थपलियाको साढे दुई तल्ले घरको बाहिरतर्फ भर्‍याङसँगै बनेको भान्सा कोठामा ग्याँस सिलिण्डरबाट लिक भएको ग्याँस जम्मा भइ विस्फोट भएको हो। विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन्। 

विस्फोटमा परेर ताराको हात, खुट्टा, टाउकोमा जलेर घाउ भएपछि उलाई मध्यपुर थिमी अस्पताल लगिएको थियो। मध्यपुर अस्पतालले उनलाई कीर्तिपुर हस्पिटल रिफर गरिदिएको हो। तर उनको अवस्था सामान्य रहेको उनका छोरा रुसन थपलियाले बताए। 

नेपाल प्रहरी र नेपाल आर्मीको कुकुरसहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा विस्फोटनको कारण पत्ता लगाउन सकेको छैन। ग्याँस लिक भएर विस्फोट भएको हुनसक्ने अनुमान जाँचबुझ टोलीले छ। यद्यपि स्थानीयहरू ग्याँस सिलिन्डर जस्ताको त्यस्तै हुनुले घटना रहस्यमय भएको बताए। 

थपलियाको घरमा आइतबार बेलुका ‘हिमाल’ ग्याँसको नयाँ सिलिन्डर जोडिएको थियो। ग्याँसको तौल केही कम भएकाले लिक भएर विस्फोट भएको प्रहरीको आशंका छ। 
थपलिया परिवारले बेलुकाको खाना खाएर ग्याँस बन्द गरेर राखिएको जनाएको छ। भान्साको ढोका  बिहानै खोलिएको थियो। भेन्टिलेसनहरु खुल्ला थियो। सिलिन्डर र चुलासमेत जस्ताको त्यस्तै हुनु तर घरको ढलान र गाह्रोसमेत विस्फोटले भत्किनुले स्थानीय त्रसित छन्। 

उनको छिमेकी कल्पना घले कार्कीले पनि सबै टोलबासीहरू अचम्ममा परेको बताइन्। उनले भनिन्, ‘कस्तो अचम्म मेरो तीन तलामाथि छतसम्म ईटा उछिट्टिएर पुगेछ।  वरसपरि सबैको घरको सीसा बाँकी छैनन्।’ 

उक्त विस्फोटले करिब पाँच सय मिटरभन्दा तल रहेको काठमाडौं स्कुल अफ ल वरिपरिका घरका सीसासमेत फुटेका छन्। स्थानीयले यसलाई असामान्य घटना भन्दै उचित छानबिन हुनुपर्ने बताएका छन्। नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले उक्त घटना ग्याँस लिक भएर भएको तर अनुसन्धानका क्रममा कसैको संलग्नता देखिएमा कसैलाई नछोड्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.