प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णयप्रति महामन्त्रीद्वय विश्वप्रकाश र गगनको असहमति

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णयप्रति महामन्त्रीद्वय विश्वप्रकाश र गगनको असहमति

काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि कांग्रेसकै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले असहमति जनाएका छन्। 

नेपाली कांग्रेसको आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वयले असहमति जनाएको एक नेताले अन्नपूर्णलाई बताए। 

कार्य सम्पादन समिति बैठकमा केपी ओली नेतृत्वमा रहँदा फेरि पनि संसद विगठन हुनसक्ने खतरा रहेको भन्दै प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता महेन्द्र यादवले बताएका छन्। हिजोको संसद बैठकमा केपी ओलीले जनमतमा जाने गरी संसद विगठन हुन प्रतिगमन नहुने तर्क राखेका थिए। सोही प्रकृया दोहोरिन सक्ने भन्दै कांग्रेसले सचेततासहित प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको यादवले बताए। 

कांग्रेस नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको निर्णयप्रति असहमति जनाएका छन्। 

नेपाली कांग्रेसमा कडा प्रतिपक्षी भएर बस्नुपर्ने भन्दै नेतृत्वको खबरदारी गर्ने आवाज उठिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.