‘शिवमसँग उपहार टन्न’ योजनाका विजेता घोषणा

काठमाडौं : शिवम् सिमेन्टले ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको भाग्यशाली विजेता घोषणा गरेको छ।
यस योजनाको (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरूको नाम लक्की ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
शिवम् सिमेन्टले यहि मंसिर १८ गतेदेखि ‘शिवमसँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो।
जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहने स्क्र्याच कुपन प्राप्त गरी दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।
सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो। यस योजनामा छोटो समयमै ग्राहकहरूको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो।
आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत र दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन्।
दोस्रो पुरस्कार अन्तर्गत चार जोडी विजेताले हेलिटुर, तेस्रो पुरस्कारअन्तर्गत ६ जनाले आधा केजी चाँदी र चौथो पुरस्कार ८ जनालाई हिराको औठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरूप जितेका छन्।
प्रतिक्रिया दिनुहोस !
