भक्तपुरमा टी २० क्रिकेट प्रतियोगिताको उत्साह

भक्तपुर : भक्तपुरमा खुलास्तरीय टी २० क्रिकेट प्रतियोगिता हुने भएपछि क्रिकेटप्रेमीमा उत्साह बढाएको छ। सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा उपत्यकाका विभिन्न क्रिकेट टोलीबीच पुस २७ गतेबाट प्रतियोगिता हुन लागेको हो।
एस स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको यो प्रतियोगितालाई धेरैले अभिरुचिसाथ हेरिरहेका छन्। प्रतियोगितामा ८ टीम सहभागी हुनेछन्। यो प्रतियोगिताको टाइटल स्पोन्सर सिम्रिक हेलिकप्टर प्रालिले गरेको छ भने को स्पोन्सर सिनामंगलस्थित क्रिस्टल डाइग्नोक्स्टिक प्रालिले गरेको छ।
त्यस्तै अन्य प्रायोजकहरुमा तिनकुनेस्थित आइएसएमटी कलेज, काठमाडौं काँडाघारीस्थित अक्षरा स्कुल, जीसीडी एच आर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी, ब्रिलियन्ट एजुकेसन एण्ड करियर सर्भिस, बिरियानी अड्डा र अर्बिट इन्टरनेस्नल एजुकेसन छन्।
प्रतियोगीतामा नगद पुरस्कार र विभिन्न पदक राखिएको आयोजक प्रमुख सर्वोच्च बस्नेतले जानकारी दिए। प्रतियोगितालाई विभिन्न टेलिभिजन, अनलाइन र युट्युवहरुले लाइभ प्रसारण गर्ने भएका छन्।
यो प्रतियोगिता यही पुस २७ देखि माघ ४ गतेसम्म हुनेछ। प्रतियोगिताबारे भक्तपुरको स्वर्ग रेष्टुरेन्टमा टीम क्याप्टेनहरूको भेला र अन्य तयारीलगायतमा सोमबार अन्तर्क्रिया समेत भएको थियो।
यो टुर्नामेन्टमा राष्ट्यि खेलाडीसहित हरेक टिममा नयाँ खेलाडीलाई पनि उल्लेख्य रूपमा सहभागी गराइने संस्था प्रमुख सुनिल ठाकुरले बताए। कोरोना महामारीपछि उपत्यकामा यस खालको प्रतियोगिता दुर्लभ भएकाले खेलप्रेमीहरुले यसलाई चासो दिएका छन्।
आयोजक एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो। केही महिनाअघि यो संस्थाले ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराई चर्चा कमाएको थियो।
प्रतिक्रिया दिनुहोस !
