जोखिम मोलेर सेती वारपार

जोखिम मोलेर सेती वारपार

बझाङ: बच्चाको उपचार गरेर रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराबाट घर फर्किरहेका थलारा ४ ठिङका रामबहादुर बोहरा दम्पत्तिको खुसी कार्तिक १० गते रायल-उत्गडी सिमार झोलुङ्गे पुलले नाटकीय ढंगले खोस्यो। बच्चाको उपचार गरेर घर फर्किरहेका रामबहादुर श्रीमती सीतासहित बेलुका सवा ६ बजे रायल पुगेका थिए।

ठूलो पानी परिरहेका बेला जोखिम मोलेरै रामबहादुरको परिवार पुल तर्दै थियो। बच्चा बोकेका रामबहादुर अघि र सीता पछि थिए। रामबहादुरलाई छाता ओढाउँदै गरेकी सीता पुलमा चिप्लिएर नदीमा खसिन्। मुसलधारे वर्षा, काखमा बच्चा भएकाले आँखै अगाडी श्रीमती नदीमा बिलिन भएको दृश्य देखेका रामबहादुर श्रीमती बचाउने कुनै उपाय नपाएपछि भारी मन लिएर घर पुगे। 

यो रामबहादुरको परिवारले भोगेको बज्रपात हो। यस्तै दुखद् यात्रा रायल उत्गडी पुल तर्ने धेरैको छ। कमजोर बनेको पुलका नट बोल्ड पटक पटकको बाढीले बगाएको छ। यसको मर्मतमा सरोकारवाला निकायले ध्यान दिएको छैन। यसको मारमा स्थानीय छन्।

पुल जीर्ण भएको एक वर्षभन्दा बढी भए पनि मर्मतमा स्थानीय सरकार, प्रदेश सरकारले चासो नदिएको थलारा २ का देवेन्द्र सायरले बताए। हाल पुलमा काठका फ्ल्याक र ग्यामिन जाली बिच्छयाइएको छ। तर यात्रा झन जोखिमपूर्ण बनेको थलारा ४ डिख्लाका बिर्ख बोहराको भनाइ छ। उनी भन्छन्, ‘हाम्रो सेती नदी तर्ने मुख्य बाटो त्यही हो । बिरामी बोकेर हिँड्न सकिँदैन। अर्कैबाटो जानुपर्ने अवस्था छ। हामीले पनि झुण्डिएर खुट्टा कमाएर हिड्ने गरेका छौं। थलारा २ र ४ का बासिन्दा हिड्ने बाटो बन्द भएपछि वैकल्पिक लामो बाटो हिँड्नुपर्ने बाध्यता छ।’

पुलबाट थलारा २ का बगडा, कफलकाँडा, दंगार्जी, थापा गाउँ, थलारा ४ का ठिङ, डिख्ला, गढीगाउँ लगायतका बासिन्दा र केदारस्युँ गाउँपालिकाको  रायलका बासिन्दा वारपार गर्ने गर्छन्। पुल सदरमुकाम चैनपुर र जिल्ला बाहिर जयपृथ्वी राजमार्ग जोड्ने पुल हो। 

पुलबारे सर्वत्र गुनासो बढेपछि थलारा गाउँपालिकाले पुल निर्माण गर्ने जनाएको छ। गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले चाँडै स्टमेट उठाएर मर्मत गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.