सभामुख चुनावअघि मिलिजुली सरकारको तयारी : मोहनबहादुर बस्नेत (भिडियो वार्ता)

सभामुख चुनावअघि मिलिजुली सरकारको तयारी : मोहनबहादुर बस्नेत (भिडियो वार्ता)

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले मिलिजुली सरकारको तयारी भएको खुलासा गरेका छन्।

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ कांग्रेस पनि सत्ताको रेसमा रहेको अर्थमा बुझ्नुपर्ने बताए।

'मुलुकलाई निकास दिने मामिलामा हामी पनि तयार छौँ', बस्नेतले भने,'अब अहिलेको गतिरोध अन्त्य गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्छ। मिलिजुली सरकार बन्ने अवस्था आए कांग्रेस पनि तयार छ। प्रचण्ड नेतृत्वकै सरकारलाई मिलिजुली सरकार बनाउन सकिन्छ। बाँकी पद भने दलीय हैसियत अनुसारको हुनुपर्छ।'

 
मिलिजुली सरकारको अवस्था आउँदा ठूलो दलको हैसियतमा राष्ट्रपतिमा कांग्रेसको दाबी रहने उनले बताए। यस्तो अवस्थामा एमाले सभामुख लिने र बाँकी दललाई  उनीहरूको हैसियतअनुसारको भूमिका दिएर राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने उनको मत छ।

प्रचण्डलाई विश्वासको मत दिनअघि तारन्तार माओवादी नेताहरूसँग संवादमा सक्रिय भएका नेता बस्नेतले मुलुकलाई साढे २ वर्षपछि 'एमालेकरण' हुने गरी एमाले-माओवादीबीच भएको भनिएको सहमतिबारे सघन ढंगले छलफल भएको पनि खुलाए।

प्रचण्डलाई विश्वासको मत दिनअघि एमालेसँग भएको भनिएको उनीहरूको सहमति पनि सम्झाउँदै हामीले भनेका छौँ,'साढे २ वर्षपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एमालेलाई दिँदा लगत्तै शुरूवात हुने ओलीको अधिनायकत्ववाद खेप्न तपाइँहरू तयार हो भनेर सोध्दा माओवादी नेता गम्भीर भएको पाएका छौँ।'

माघ ९ सम्म राजनीतिक दाउपेच अझ उत्कर्षमा पुग्ने खतरा भएकाले कांग्रेसले सांसदहरूलाई ह्विप जारी गरेको पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.