सुर्खेतमा ब्राउन सुगरसहित २ जना पक्राउ

सुर्खेतमा ब्राउन सुगरसहित २ जना पक्राउ

सुर्खेत : सुर्खेतमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार छुट्टाछुट्टै स्थानबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीका मेगराज बिक र जुम्ला चन्दनाथ नगरपालिका-५ का हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० डेरागरी बस्ने सौरभ श्रेष्ठलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो। 
    
सुर्खेतको भेरीगंगा नगरपालिका-५ स्थित बबैई प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा ५ ख ७३२९ नम्बरको फोर्स गाडीमा सवार मेगराज बिकबाट प्लाष्टिकसहित १ ग्राम ३ सय ७० मिलिग्राम र प्लाष्टिकबाहेक ७ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। 

यस्तै अर्का सौरभ श्रेष्ठबाट प्लाष्टिकसहित ९ ग्राम ६ सय ६० मिलिग्राम, प्लाष्टिक बाहेक ८ ग्राम ७ सय ७० मिलिग्राम ब्राउन सुगरसहित ६६ हजार ७ सय २० नगद, नाप तौल गर्ने डिजिटल तराजु १ थान, स्क्रिन टज मोबाइल २ थान, सादा मोबाइल १ थान बरामद गरिएको छ। 

यसबारे थप अनुसन्धान रहेको प्रहरीले जनाएको छ। 
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.