विश्‍वको ५२औं स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा

विश्‍वको ५२औं स्थानमा परेको एलओडी पुनः नोमिनेशनमा

काठमाडौं : ठमेलस्थित 'एलओडी' क्लब यसवर्ष पनि 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो। सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट कल्बको ५२औँ स्थानमा परेको थियो।

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। एलओडीका अनुसार डिजे म्यागको वेवसाइटमा गएर एलओडीलाई भोट गर्न सकिन्छ। 

एलओडी डिजे म्याग टप १०० को छनौटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए। सय क्लबको छनौटमा पुनः पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रका लागि केही गर्नसक्ने सन्देश जाने धारण व्यक्त गरे। 

'एलओडी क्लब डिजे म्यागको टप १०० भित्र परिसकेको छ,’ कुँवर भन्छन,' सन् २०२२  टप १०० को एलओडी ५२ स्थानमा परिसकेको छ। क्लबकै कारण पनि नेपालको नाम विश्वसामु फैलाउन सफल भएका छौं। यसपटक पनि राम्रो स्तरमा पर्नसक्ने गरी काम गरिरहेका छौं।' रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.