ज्यान मुद्दामा १६ लाई जन्मकैद

ज्यान मुद्दामा १६ लाई जन्मकैद

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जना युवालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत बागलुङले २०७७ चैत १५ गते होलीको दिन भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा मंगलबार १६ जना युवालाई जन्मकैदको फैसला गरेको हो। 

जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले अभियोग लागेर पुर्पपक्षमा परेका सबै युवालाई जन्मकैदको फैसला सुनाएको हो। घटनामा संलग्न एक बालकलाई सुधार गृह पठाइने भएको छ। 

२०७७ चैत १५ गते होलीका दिन बडिगाड–१० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो। स्वतःस्फूर्त रूपमा लाग्ने मेलामा रमाउन गएका युवाबीच होली खेल्ने क्रममा बडिगाड–१० र निसीखोला गाउँपालिका–७ का युवाबीच दोहोरो झडप हुँदा दुई जनाको मृत्यु भएको थियो। घटनामा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको ज्यान गएको थियो।

बडिगाड–१० का युवाले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो। घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो। घटनामा संलग्न भएको आरोपमा बडिगाड–१० का १८ जना युवा पक्राउ परेका थिए। पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो। दुई जना तारेखमा छुटेका थिए। एक जना उच्च अदालतको आदेश र अर्काे सर्वोच्चको आदेशमा छुटेका थिए।

आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला गरेको हो। मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरूलाई जन्मकैद फैसला भएको हो। जन्मकैद सजायअनुसार उनीहरू सबैलाई २५ वर्ष कैद हुनेछ। घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधार गृह पठाइने भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.