सुदूरपश्चिममा कोटाभन्दा कम शिक्षक उत्तीर्ण

सुदूरपश्चिममा कोटाभन्दा कम शिक्षक उत्तीर्ण

डोटी : सुदूरपश्चिम प्रदेशका लागि शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विज्ञापनमा लिखित परीक्षामा मागभन्दा कम शिक्षक उत्तीर्ण भएका छन्।

आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि २०७८ चैत्र १९ गते र २०७९ असार १३ गते लिएको खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको नतिजाअनुसार बैतडी, कञ्चनपुर र कैलालीबाहेक अन्य सबै जिल्लामा माग भन्दा कम उम्मेदवारहरू अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।

आयोगले दिएको तथ्यांकअनुसार अछाम जिल्लामा १ सय ३७ जनाको कोटा थियो जसमा लिखित परीक्षामा १ सय ९० जना सहभागी भएका थिए। सोमध्ये १ सय ३५ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। 

त्यस्तै डोटीमा  १ सय ४८ जनाको कोटा थियो जसमा लिखित परीक्षामा ३ सय ९ जना सहभागी भएका थिए। सोमध्ये १ सय ३४ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। 

दार्चुलामा १ सय ३२ जनाको कोटाका लागि सहभागी भएका २ सय ५९ मध्ये १ सय २ जना बैतडीमा  २ सय ४ जनाको कोटाका लागि सहभागी भएका ५ सय ७६ मध्ये २ सय ३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।

बझाङमा  ९६ जनाको कोटा थियो जसमा लिखित परीक्षामा १ सय १३ जना सहभागी भएका थिए भने सोमध्ये ७७ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। 

डडेलघुरामा ९५ जनाको कोटा थियो जसमा लिखित परीक्षामा १ सय ४४ जना सहभागी भएका थिए भने सोमध्ये ८५जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन्। 

कैलालीमा  ७४ जनाको कोटाका लागि २ सय ५ जना सहभागी भएका थिए। सोमध्ये ८१ जना अन्तर्वार्ताका लागि छनोटमा परे। 

कञ्चनपुरमा ७६ जनाको कोटाका लागि भएको लिखित परीक्षामा २ सय १८ जना सहभागी भएका थिए जसमा ८० जना अन्तर्वार्ताका लागि छनोटमा परे। 

त्यस्तै बाजुरामा ७३ जनाको कोटा थियो जसमा लिखित परीक्षामा ८२ जना सहभागी भएका थिए भने सोमध्ये ६५ जना अन्तर्वार्ताका लागि छनोटमा परेका थिए। 

शिक्षक सेवा आयोगले पाठ्यक्रम परिवर्तन गरी दुई चरणमा परीक्षा लिने प्रणालीको सुरुवातले गर्दा माग कोटाभन्दा कम उत्तीर्ण भएको हुनसक्ने सुदुरपश्चिम शिक्षा विकास निर्देशनालय दिपायलका सूचना अधिकारी कृष्णबहादुर बोहराले बताए।

आयोगले पहिले एकै चरणमा १०० पूर्णाङ्कको विषयगत परीक्षा लिन्थ्यो उक्त परीक्षामा उत्तीर्ण भएकाहरू अन्तर्वार्तामा सहभागी हुन पाउने व्यवस्था थियो तर त्यो व्यवस्था परिवर्तन गरी यस वर्षदेखि पहिलो चरणमा १०० पूर्णाङ्कको वस्तुगत परीक्षा हुन्छ। 

त्यसमा उत्तीर्ण भइसकेपछि मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने प्रावधान रहेको छ। दोस्रो चरणको परीक्षामा उत्तर्णण भएकाहरू मात्र अन्तर्वाताका लागि छनोट हुने भएकाले पनि कम उत्तीर्ण भएको हुन सक्ने बोहराले बताए। 

पाठ्यक्रम ढाँचा र परीक्षा प्रणालीमा परिवर्तन हुँदा उम्मेदवारहरूको तयारी पुग्न नसकेका कारण मागभन्दा कम उत्तीर्ण भएको हुनसक्ने शिक्षा तालिम केन्द्र दिपायलका प्रमुख गोबिन्द प्रसाद पोखरेलले बताए।

यसअघि निमावि र मावि तहमा पनि मागभन्दा कम पास भएका छन्। मावि तहमा गत वर्ष रिक्त रहेका ३७० पदका नयाँ विज्ञापन आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.