पुल निर्माण अलपत्र

रौतहट: गुजरा र कटहरिया नगरपालिका जोड्ने निर्माणाधिन पुल अलपत्र अवस्थामा छ। चार वर्ष अघि निमार्ण सुरु सो पुल अलपत्र छ। समयमै पुल नबन्दा स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन्।
रौतहटको गुजरा नगरपालिकाको खतबहियाबाट कटहरीया जोडने सडक खण्डमा निर्माणाधिन पुल समयमा नबन्दा स्थानीयले सास्ति भोग्नु परेको गुनासो छ।
दैनिक दर्जनौ सवारीसाधनहरु आवतजावत गर्ने सो सडकमा पुल निमार्ण नहुँदा दुई किलोमिटर बाटो घुमेर आवतजावत गर्नु परेको गुनासो सो भेगका बासिन्दाको छ। हिउँदमा निर्माणाधिन पुल नजिकै नदीमा बाँसको सामान्य पुल निमार्ण गरेर सर्वसाधारणले नदी तर्दै आएका छन्।
वर्षातको समय दुई किलोमिटर बाटो घुम्नु पर्ने बाध्यता रहेको स्थानीय प्रल्हाद साहले बताए। गुजरा नगरपालिका वडा नम्बर ६ खतबहिया टोल र कटहरिया नगरपालिका २ स्थित छेदीचौक बजार जोड्ने सडकमा निमार्णाधिन पक्की पुल ठेकेदारको लापरवाहीका कारण चार वर्षदेखि अलपत्र रहेको स्थानीय बासिन्दा साहले गुनासो गरेका छन्।
पुल निमार्ण दुई वर्ष तीन महिनामा सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले विभिन्न बहाना बनाई अधुरो राखेको गुनासो छ।
आफुहरूले उत्पादन गरेको उँखु, धान, गहुँ, मकै लगायतका कृषि उत्पादन महगो ढुवानी भाडा तिरेर ल्याउन लैजानु परेको किसानको गुनासो छ।
प्रतिक्रिया दिनुहोस !
