गृहमन्त्रीको निर्देशनमा गुण्डानाइके अभिषेक गिरी मोरङबाट भीमफेदी कारागार स्थानान्तरण हुँदै

' कानुनले सुधारगृह भनेर व्याख्या गरेको कारागार गिरीको नेतृत्वमा यातनागृह र असुलीस्थल बनिरहेको छ'

गृहमन्त्रीको निर्देशनमा गुण्डानाइके अभिषेक गिरी मोरङबाट भीमफेदी कारागार स्थानान्तरण हुँदै

विराटनगर : अपराधको भिन्दै साम्राज्य खडा गरेर मोरङ कारागारमा आतंक मच्चाइरहेको पाइएपछि गुण्डानाइके अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ । 

अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ गिरी विराटनगरको हाटखोलास्थित मोरङ कारागारका चौकीदार हुन् । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई सरुवा गरेर मोरङबाट भीमफेदी कारागार लैजानका लागि आइतबार पत्र प्राप्त भएको कारागार स्रोतले जनाएको छ । स्रोतका अनुसार गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको हो । उनको सरुवाको निर्णय भने केही दिनअघि भएको बताइएको छ । 

विभागका महानिर्देशक चक्रपाणी पाण्डेले गिरीलाई भीमफेदी स्थानान्तरण गर्न पत्राचार भइसकेको पुष्टि गरे । उनका अनुसार अब मोरङका प्रमुख जिल्ला अधिकारी र जेलरले समन्वय गर्दै गिरीलाई स्थानान्तरणका लागि वातावरण तयार पार्नुपर्ने छ । मोरङका प्रजिअ काशीराज दाहालले गिरीको स्थानान्तरणको तयारी गर्न कारागारलाई निर्देशनसमेत दिएका छन् । 

चौतर्फी विरोध हुँदाहुँदै नेपाली कांग्रेसका नेताको दबाब र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो । रातारात मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिएपछि गिरीले आतंक सिर्जना गर्दै कारागारभित्र अपराधको भिन्दै साम्राज्य खडा गरेको कारागार स्रोतको भनाइ छ । 

मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार सार्वजनिक विदाका कारण स्थानान्तरणको प्रक्रिया अघि बढाउन सकिएको छैन । ‘कार्यालय खुलेपछि प्रक्रिया पूरा गरेर गिरीलाई भीमफेदी लगिने छ,’उनले भने,‘स्थानान्तरणको वातावरण तयार पार्न सुरक्षा निकायसँग पनि समन्वय भइरहेको छ ।’ भगतले गिरीको सरुवासँग सम्बन्धित पत्र भने कार्यान्वयनतर्फ गइसकेको जानकारी दिए ।

चौतर्फी विरोध हुँदाहुँदै नेपाली कांग्रेसका नेताको दबाब र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो । रातारात मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिएपछि गिरीले आतंक सिर्जना गर्दै कारागारभित्र अपराधको भिन्दै साम्राज्य खडा गरेको कारागार स्रोतको भनाइ छ । 

गिरीलाई प्रवेश गराउनुअघि मोरङ कारागारको अवस्था तनावपूर्ण बनेको थियो । कैदीबन्दी गिरीको विरोधमा उत्रिएका थिए । तर, सरकारकै सहयोगमा कारागार छिरेर आतंक मच्चाउन थालेसँगै गिरीविरुद्ध बोल्ने र उनको विरोध गर्ने आँट कसैले गर्न सकेनन् । त्यतिबेला उनलाई मोरङ ल्याउनकै लागि चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारसहितका कैदीलाई सिन्धुली कारागार सरुवा गरिएको थियो । 

त्यसअघि २०७८ असोज १८ गते गिरीको सहजताका लागि चौकीदार नवीन राईलाई झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको थियो । गिरीकै योजना र इशारामा कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए । 

गिरीको मिटरब्याजको जालोमा परेका केही व्यापारीले असुरक्षाको कारण देखाउँदै विराटनगरसमेत छाडिसकेका छन् । अर्कोतर्फ गिरीले कारागारभित्र तीव्र आर्थिक शोषण मच्चाइरहेका छन् ।

घटनापछि उनको विपक्षमा रहेका गुरुङसहितका १४ जना कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । 

गिरीकै पक्ष लागेर झडपको नेतृत्व गर्दै चौकीदारको जिम्मेवारी लिन सफल भएका कामत त्यसपछि भने गिरीको विपक्षमा उभिएका थिए । गिरीलाई मोरङ ल्याउन अवरोध खडा गरेपछि कामतसहितलाई स्थानान्तरण गरेर उनका लागि मोरङ कारागारमा सहज वातावरण बनाइएको थियो । 

कांग्रेसमा आवद्ध भएर राजनैतिक संरक्षणमा अपराधिक गतिविधि सञ्चालन गर्दै आएका गिरी विराटनगरकै बासिन्दा हुन् । उनलाई मोरङबाट सरुवा गरेर २०७४ साल चैत २३ गते काठमाडौंको डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । त्यसअघि मोरङ कारागारमै चौकीदार रहेका उनले कारागारभित्रबाटै गुन्डागर्दी, असुली र फिरौतीको धन्दा चलाउँदै यातना दिएर कैदीबन्दीमाथि चरम शोषण गरेको खुलेको थियो । 

सरुवा गरेर उनलाई डिल्ली बजार पुर्‍याएपछि भने मोरङ कारागार शान्त बन्यो । गिरीको सबै धन्दा बन्द हुँदा कैदीबन्दीले राहत महसुश गरेका थिए । पछि शेरबहादुर देउवा प्रधानमन्त्री र बालकृष्ण खाँण गृहमन्त्री बनेपछि कांग्रेस नेताकै दबाबमा उनले पुनः मोरङ आउने अवसर पाए । प्रचलित अभ्यास र नियम मिचेर उनलाई दोस्रोपटक २०७८ साल भदौ १७ गते डिल्ली बजारबाट मोरङ सरुवा गरिएको थियो । तर, सबैतिरबाट आलोचना हुँदा र कैदीबन्दी विरोधमा उत्रदा कात्तिक १६ गते विराटनगर ल्याइएका उनले सहज रूपमा मोरङ कारागारमा प्रवेश पाएनन् । 

त्यसपछि उनलाई सप्तरी कारागार लगिएको थियो । पछि अनुकूल वातावरण तयार पार्दै मोरङ ल्याएपछि गिरीले पुरानै धन्दा चलाउन थालेको उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार पछिल्लो समय गिरीले विराटनगरमा अपराधिक पृष्ठभूमिका युवाको सञ्जाल विस्तार गरी मिटरब्याजको धन्दासमेत चलाइरहेका छन् । सरकारले मिटरब्याजी गिरोहविरुद्ध कारबाही अघि बढाउन मिटरब्याजबाट पीडित बनेका नागरिकको निवेदनसमेत लिएको थियो । तर, मिटरब्याजको खतरनाक जालो विस्तार गरेर चौतर्फी असुली धन्दा चलाएका गिरीविरुद्ध कसैले पनि उजुरी दिने आँट गरेनन् । 

स्रोतका अनुसार गिरीका पालामा कारागारभित्र भएको मृत्युको घटनालाई समेत सामसुम पारेर मिलाउने गरिएको थियो

गिरीको मिटरब्याजको जालोमा परेका केही व्यापारीले असुरक्षाको कारण देखाउँदै विराटनगरसमेत छाडिसकेका छन् । अर्कोतर्फ गिरीले कारागारभित्र तीव्र आर्थिक शोषण मच्चाइरहेका छन् । ‘हामीसँग साप्ताहिक र मासिक रूपमा ठूलो रकम माग गरिन्छ । पैसा दिन नसक्दा कुटपिट गर्दै रातदिन यातना दिने काम हुन्छ,’एक कैदीले भने,‘बोराभित्र हालेर कुटपिट गर्दै दिइने यातनाका कारण परिवारका सदस्यसँग पैसा मागेर बुझाउनुपर्ने हाम्रो बाध्यता छ । १ जनासँग मासिक ४ लाख रूपैयाँसम्म असुल्ने काम हुन्छ ।’ 

कैदीबन्दीसँग असुल्न र उनीहरुलाई यातना दिन कारागारभित्र गिरीको ठूलो समूह परिचालित रहेको उनले बताए । ‘गिरी र उनको समूहले दिने यातना सहनुको विकल्प छैन । त्यो समूहसँग कारागारभित्र हाम्रो केही लाग्दैन । अन्याय र अत्याचारविरुद्ध बोल्नसक्ने अवस्था छैन,’उनले भने,‘जतिसक्दो चाँडो गिरीको स्थानान्तरण भए सबै कैदीबन्दीले राहतको श्वास फेर्न पाउने थिए । कारागारभित्र गिरीको आतंक शब्दमा वर्णन गरेर साध्य छैन । कानुनले सुधारगृह भनेर व्याख्या गरेको कारागार गिरीको नेतृत्वमा यातनागृह र असुलीस्थल बनिरहेको छ ।’

गिरी आएमा आफूहरु असुरक्षित हुने,आर्थिक शोषणमा पर्ने र चरम यातना भोग्नुपर्ने भन्दै ९ सय जना कैदीबन्दीले उनलाई मोरङ ल्याउन नहुने मागसहितको निवेदन जिल्ला प्रशासन र कारागार व्यवस्थापन विभागमा दिएका थिए । तर,सुनुवाइ भएन । गिरीलाई मोरङ ल्याउँदा आफूहरु असुरक्षित हुने भन्दै अन्यत्र सरुवा गर्न कैदीबन्दीले मागसमेत गरेका थिए । ठूलो संख्याका कैदीबन्दी विरोधमा हुँदाहुँदै सरकारबाट संरक्षित अपराधी गिरीलाई ल्याएर मोरङ कारागार हुलिएको थियो । 

उनको नेतृत्वमा कारागारमा अनेक लफडा र विभिन्न तनाव उत्पन्न हुँदासमेत सरकार मौन बस्यो । स्रोतका अनुसार गिरीका पालामा कारागारभित्र भएको मृत्युको घटनालाई समेत सामसुम पारेर मिलाउने गरिएको थियो । २०७८ मंसिरयता मोरङ कारागारका ७ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । उनकै समूहले दिएको यातनाका कारण कैदीबन्दीको मृत्यु भएको कारागार स्रोतले बतायो । 

मोरङ कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । कारागारभित्र दैनिक उपभोग्य वस्तु, टेलिफोन र क्यान्टिनमा अत्याधिक मूल्य तिर्नुपर्ने कैदीबन्दीको बाध्यता छ । त्यहाँको आम्दानीमा चौकीदारको हालीमुहाली हुन्छ ।

मुुलुकमा नयाँ सरकार बनेसँगै गिरीको मोरङ बसाइ छोटिएको छ । कारागारभित्रबाट चलिरहेको अपराधिक राजको अन्त्य हुने भएको छ । कारागार व्यवस्थापन विभागका एक अधिकारी गिरीले मोरङमा मच्चाइरहेको अपराधिक धन्दाका बारेमा सधैँ चर्चा हुने गरेको बताउँछन् । ‘गिरीका लागि व्यक्तिगत हिसाबले मोरङ कारागार ठीक होला । तर,अन्य कैदीबन्दी गिरीकै कारण असुरक्षित बनिरहेका छन्,’उनले भने,‘माथिल्ला र ठूलाबडासँग ‘सेटिङ’मिलेपछि हामीले यसअघि केही गर्नसक्ने अवस्था भएन । अहिले पनि गृहमन्त्रीले चासो नदिएको भए उनको स्थानान्तरणको कुरै आउने थिएन ।’ 

मोरङ कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । कारागारभित्र दैनिक उपभोग्य वस्तु, टेलिफोन र क्यान्टिनमा अत्याधिक मूल्य तिर्नुपर्ने कैदीबन्दीको बाध्यता छ । त्यहाँको आम्दानीमा चौकीदारको हालीमुहाली हुन्छ । ३ सय जना क्षमताको मोरङ कारागारमा सोमबारसम्ममा १ हजार ५० कैदीबन्दी छन् । जसमा ७ जना आश्रित बालबालिका र १ सय ३ जना महिला छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.