यसपटक देखिएको डेंगुमा सेरोटाइप-३ स्वरुप

यसपटक देखिएको डेंगुमा सेरोटाइप-३ स्वरुप

काठमाडौं : नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेंगु धेरै देखिएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरुपको डेंगु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए। 

उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप-३ धेरै देखिएको बताए। 'यसभन्दा अघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप-३ देखिएको थियो', उनले भने, 'यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप-३ देखिएको छ।'

सामन्यता एकपटक डेंगु भएकालाई पुनः डेंगु हुँदा सेरोटाइप-३ देखिने सम्भावना रहेको उनको भनाइ छ। 

उनका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरुप (मिक्स) भने छ जनाको नमूना परीक्षणमा देखिएको छ। 

सामान्यता एकपटक डेंगु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप-२, सेरोटाइप-३ देखिने गर्दछ। 

राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्यावमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप-३ देखिएको छ। 

टेकुमा सेरोटाइप-१ प्रजाति एक सय २६, सेरोटाइप-२ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेंगु देखिएको थिएन। 

त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप-१ स्वरुप २१ र सेरोटाइप-२ स्वरुप पाँच जना र छ जनामा डेंगुको सङ्क्रमण देखिएको थिएन। यस्तै धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप-१ देखिएको थियो। 

महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उनले जानकारी दिए। 

डेंगु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्दछ। 
    
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा विमल चालिसेले अघिल्लो पटक बिरामीमा देखिएको डेंगुको स्वरुप पछिल्लो फेरि डेंगु देखिएका स्वरुप परिवर्तन गरी जटिल समस्या देखिने बताउँछन्। 

उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने लक्षणजस्ता पहिले सङ्क्रमण भएको भन्दा दोस्रो पटक डेंगु भएका बिरामीलाई गराउने गर्दछ।

यस्तै सामान्य प्रकारको डेंगुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन्। 

नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगुको सङ्क्रमण देखिँदै आएको छ।  

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेंगु देखिएको र डेंगुबाट ८८ जनाको ज्यान गइसकेको छ। 

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालले डेंगु सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठ जनामा देखिने गरेको बताउँछन्। 

सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ। 

तीमध्ये सबभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेंगुका बिरामी देखिएका थिए। त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको सङ्क्रमण कम देखिएको छ। 

सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.