भूकम्प सुरक्षा दिवसमा उद्धार अभ्यास
ताप्लेजुङ : ताप्लेजुङमा मंगलबार २५औं भूकम्प सुरक्षा दिवस मनाइएको छ। दिवसका अवसरमा वीरेन्द्रचोकमा र्याली तथा उद्धारको अभ्यास समेत गरिएको थियो।
प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले व्यवहारिक शिक्षाका लागि उपयोगी बनाउन डेमोस्ट्रेशन गरिएको बताए। २०५५ सालदेखि हरेक वर्षको माघ २ गते दिवस मनाउने गरिएको छ।
यद्यपि यसवर्ष पोखरामा भएको विमान दुर्घटनाका कारण माघ २ गते सरकारले सार्वजनिक विदा दिएकाले भोलीपल्ट कार्यक्रम गरिएको हो ।