वर्षमान पुनलाई कलेजो प्रत्यारोपणको तयारी,कस्तो छ स्वास्थ्य अवस्था ?

चिकित्सकका अनुसार उनी ‘क्रिग्लर–नजर–टाइप टु सिन्ड्रोम’नामक दुर्लभ समस्याबाट पीडित छन् । यो वंशाणुगत रोग भएको बताइएको छ। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकले बताएका थिए ।

वर्षमान पुनलाई कलेजो प्रत्यारोपणको तयारी,कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन् ।पेटरोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको अन्नपूर्णलाई बताए ।  लामो समयदेखि पुनको उपचारमा स‌ंलग्न शर्माले अन्नपूर्णसँग भने,' ‘फाइनल ट्रीटमेन्ट भनेको अब उहाँको लिभर फेर्नै पर्छ कि भन्ने हो । पेटमा पानी आएपछि कलेजोलाई कमजोर बनाएको प्रमाण देखियो । ’

पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो । डा.शर्माले भने,‘चाइनाबाट फर्किएपछि लिभरमा कमजोरीपन बढ्यो । र,केहि दिनअघि रोल्पाबाट फर्किएपछि उहाँको पेटमा पानी धेरै बढेको रहेछ । असजिलो भएपछि हामी कहाँ आउनुभयो । जण्डिस त छदैछ । लिभरमा अलिकति असर गरेको देखिएको छ । पेटमा पानी बढेर उपचार गरेपछि अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । कम्फरटेबल हुनुहुन्छ  । उहाँ स्टेबल हुनुहुन्छ ।’ 

पुनका आफन्त भने चिकित्सकको परामर्शपछि कलोजो प्रत्यारोपणका लागि आवश्यक तयारीमा जुटेका छन् । गत शनिबार पुन अस्पताल भर्ना भएका थिए ।

चिकित्सकका अनुसार उनी ‘क्रिग्लर–नजर–टाइप टु सिन्ड्रोम’नामक दुर्लभ समस्याबाट पीडित छन् । यो वंशाणुगत रोग भएको बताइएको छ। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकले बताएका थिए ।

चिकित्सकका अनुसार ‘क्रिग्लर नजर सिम्टम’भनेको सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो जण्डिस भएपछि मानिसमा पहेंलोपना आउने कारकलाई (बीलीरुबीन)भन्छौं ।

पछिल्लो पटक पुन गत मंसिर १६ गते फलोअपका लागि चीन गएका थिए। उनी उपचारका लागि चीनको सेनजेनस्थित थर्डपिपुल्स अस्पताल जाने गरेका छन्। त्यसअघि २०७८ मंसिरमा पनि पुन उपचारका लागि त्यहाँ पुगेका थिए।

पुनको स्वास्थ्य अवस्था प्रा.डा.युवराज शर्माकै शब्दमा

पुनको लिभरमा प्रोबलम देखा परेको हो । उहाँमा पहिलेदेखिनै आनुवांसिक जण्डिसको समस्या छ । यस्तो अवस्थामा पीत्त सधैं बढिरहने हुन्छ । चाइनाबाट फर्किएको केहि समयपछि लिभरमा कमजोरीपन बढ्यो । र,लिभरमा कमजोरी पनि बढिसकेपछि केहि दिनअघि रोल्पाबाट फर्किएपश्चात् उहाँको पेटमा पानी धेरै बढेको रहेछ । पेटमा पानी धेरै बढेपछि असजिलो भयो । र,यहाँ आएपछि हामी कहाँ आउनुभयो । जण्डिस त छदैछ । पेटमा पानी बढेपछि लिभरमा अलिकति सर गरेको देखिएको छ । पेटमा पानी बढेपछि उपचार गर्‍यौं र पानी निकाल्यौं । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । कम्फरटेबल हुनुहुन्छ  । पुरै बिरामी ठिक भन्दा पनि अहिले उहाँ स्टेबल हुनुहुन्छ । फरदर प्लानिङको बारेमा उहाँलाई जे उपचार चाहिने हो हामीले चलाइरहेका छौं । फाइनल ट्रीटमेन्ट भनेको अब उहाँको लिभर फेर्नै पर्छ की भन्ने लाइनमै हामीले सोचिरहेका छौं । पेटमा पानी  आएर पछि गएर कलेजोलाई कमजोर बनाएको प्रमाणहरु धेरै आयो । दौडधुप, इन्फेक्सन,स्ट्रेसले पनि पेटमा पानी बढेको हो । अहिले पेटमा पानी बढेको उपचारमार्फत् कन्ट्रोलमा छ । भविष्यमा फाइनल ट्रीटमेन्ट भनेको प्रत्यारोपणमै जानुपर्छ जस्तो अवस्था देखिएको छ । नेपालमा कलेजो प्रत्यारोपण भर्खरै सुरु भएको छ । प्रत्यारोपण राम्रो हुने ठाउँमा जानुपर्छ की जस्तो देखिन्छ । उहाँहरुले पनि पहल गर्दै हुनुहुन्छ । मैले एडभाइस गरेको छु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.