चिकित्सक संघ बागमती प्रदेशको उपाध्यक्षमा डा. सञ्जयकुमार ठाकुरको उम्मेदवारी
काठमाडौं : नेपाल चिकित्सक संघको बागमती प्रदेश उपाध्यक्षमा डा. सञ्जय कुमार ठाकुरले उम्मेदवारी दिएका छन्। आसन्न निर्वाचमा डा. ठाकुरले संघको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।
माघ ६ र ७ गते काठमाडौं बाहिर, माघ १९, २० र २१ गते काठमाडौंमा निर्वाचन हुँदैछ। ठाकुरले अर्धरोजगारी र बेरोजगारी समस्याको समूचित हल गर्न, चिकित्सक कल्याणकोष स्थापना गर्ने आफ्नो एजेण्डा रहेको बताए। अनिवार्य बिमा तथा पेसागत सुरक्षा एवं वृत्ति विकासको व्यवस्था, चिकित्सकको लागि राज्यबाट विशेष सुविधा हुनुपर्ने माग उनले अघि सारेका छन्।
चिकित्सकलाई कानुनी प्रोटेक्सन गर्न छुट्टै लेगीस्लेटीभ वीङको व्यवस्था गर्ने डा. ठाकुरको एजेण्डा छ। आफू निर्वाचित भए चिकित्सक सेवा ऐनको लागि पहल गर्ने बताए। डा. ठाकुरले भने, ‘सन्तोषजनक पारिश्रमिक सहित रोजगारी, समयानुकुल कन्सल्टेसन शुल्कमा वृद्धि मेरो माग हो। म सदैव चिकित्सकको हकहितमा प्रतिबद्ध हुनेछु।’ डा. ठाकुरले प्रगतिशील समूहबाट उम्मेदवारी दिएका हुन्। संघको केन्द्रीय कार्यकारिणी १९ सदस्यीय रहने व्यवस्था छ। डा. ठाकुर स्वास्थ्य मन्त्रालय समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता हुन्।