पर्यटकीय गन्तव्य बन्दै मन्थली गाउँ

भक्तपुर: सूर्यविनायक नगरपालिका- ७ गुण्डुस्थित मन्थली गाउँ आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ।
शहरबाट नजिक जंगलकाबीचको सुनसान ठाउँ घुम्न धेरै मानिस आउने गरेका छन्। मानिसको चहलपहल बढेपछि स्थानीयले पसल पनि राख्न थालेका छन्।
गाडामा पसल राखेर बसेका स्थानीय आजाद मियाँले प्रत्येक दिन सयौं मानिस घुम्न आउने गरेको बताए। शनिबार पिकनिकका लागि आउनेको संख्या धेरै हुने गरेको उनले सुनाए।
गुण्डुको यो मन्थली डाँडा भक्तपुरको सूर्यविनाक चोकबाट करिव साढे दुई किलोमिटर दक्षिणमा पर्दछ। सूर्यविनायक चोकबाट एक किलोमिटर माथि पुगेपछि गणेश मन्दिर पुगिन्छ। त्यहाँबाट मोटरेबल कालोपत्रेको बाटैबाटो एक किलोमिटर पुगेपछि पहाडको टुप्पोमा पुगिन्छ । त्यहाँबाट आधा किलोमिटर ओरालो झरेपछि यो ठाउँमा पुग्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
१
