नुवाकोटको पञ्चकन्यामा तीन दिन सार्वजनिक बिदा
नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा सार्वजनिक बिदा दिएको छ।
पालिकाले सार्वजनिक सूचना जारी गरेर तीन दिनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले विज्ञप्ति निकाल्दै यही माघ ७, ८ र ९ गते तीन दिनसम्म स्थानीय पर्वका रूपमा सार्वजनिक बिदा दिइएको जनाएका छन्।
सूचना अनुसार तीन दिन पालिका क्षेत्रभित्रका सम्पुर्ण सरकारी, गैरसरकारी, निजी संघसंस्थाहरु बन्द रहनेछन्।
यस्तै, तामाङको बसोबास रहेको नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले माघ ९ गते सोमबार एकदिन मात्र ल्होछार बिदा दिने निर्णय गरेको छ।