विराटनगरबाट भन्सार छली ल्याइएको २६ बोरा कागती बरामद

विराटनगरबाट भन्सार छली ल्याइएको २६ बोरा कागती बरामद

विराटनगर : मोरङ प्रहरीले ठूलो परिमाणमा भन्सार छली ल्याएको कागती बरामद गरेको छ। विराटनगर–११ स्थित नयाँ गुद्रीबाट प्रहरीले अवैध रूपमा ल्याइएको २६ बोरा कागती बरामद गरेको हो। 

गोदाममा भण्डारण गरी राखिएको अवस्थामा कागती बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। स्थानीय व्यापारी कृष्ण शाहको गोदामबाट कागती बरामद गरिएको उनले जानकारी दिए। प्राप्त सूचनाका आधारमा प्रहरीले कागती बरामद गरेपनि व्यापारी शाह भने फरार छन्। 

प्रहरीले उनको खोजतलाश गरिरहेको छ। बरामद गरिएको कागती आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयलाई बुझाइएको छ। कागती करिब ६५ हजार मुल्य बराबरको रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा कागती भने भारतबाट तस्करी गरी ल्याइएको देखिएको छ। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.