बैंकको खराब कर्जा बढ्यो

बैंकको खराब कर्जा बढ्यो

काठमाडौं : वाणिज्य बैंकमा कर्जाको किस्ता तथा ब्याज संकलन घट्दा समग्रमा खराब अर्थात् निष्क्रिय कर्जा (एनपीएल) बढेको छ। निष्क्रिय कर्जा बढ्दा बैंकहरूको नाफा उत्साहजनक रूपमा वृद्धि हुन नसकेको बैंकरहरू बताउँछन्। 

२१ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा औसतमा बढेर २.२९ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको एनपीएल औसत १.०६ प्रतिशतमात्रै थियो। बैंकको एनपीएल वार्षिक १.२३ प्रतिशत बिन्दु अर्थात् वार्षिक ११६ प्रतिशतले बढेको छ। मर्जर तथा प्राप्तिपछि हाल २२ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। 

यस अवधिमा सबै बैंकको कुल कर्जामा निष्क्रिय कर्जा (नन् परफर्मिङ लोन) नियन्त्रणमा आउन सकेको छैन। अधिकांश बैंकको दोब्बरले बढेको छ। चालू आवको ६ महिनामा सबैभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) सरकारी स्वामित्वको कृषि विकास बैंकको एनपीएल बढेर ४.५२ प्रतिशत पुगेको छ। जबकि गत वर्षको पुससम्म २.०८ प्रतिशत थियो। 

हिमालयन बैंकको गत वर्ष ०.७२ प्रतिशत मात्रै एनपीएल भएकोमा अहिले बढेर ३.७७ प्रतिशत पुगेको छ। बढी एनपीएल हुनेमा क्रमशः सनराइज बैंकको ३.३६ प्रतिशत, कुमारी बैंकको ३.१५ प्रतिशत र नेपाल बैंकको ३.११ प्रतिशत पुगेको छ। 

नेपाल राष्ट्र बैंकले बैंकको कुल कर्जाको ५ प्रतिशत माथि कर्जा खराब हुन थाले समस्याग्रस्त घोषणा गर्ने गर्दछ। यसको जोखिममा कृषि विकास बैंक नजिक छ। सो बैंकले समयमै एनपीएल घटाउनुपर्ने देखिन्छ।  
यसबाहेकका बैंकको एनपीएल ३ प्रतिशतभन्दा तल छ।  २ प्रतिशतदेखि ३ प्रतिशतसम्म हुनेमा सिटिजन्स, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम, राष्ट्रिय वाणिज्य, सिभिल,  र एनएमबी बैंक छन्। 
१ देखि २ प्रतिशतसम्म हुनेमा प्रभु, लक्ष्मी र माछापुच्छ«े बैंक छन्। सबैभन्दा कम एनपीएल रहनेमा नेपाल एसबीआईको ०.४७, एभरेस्टको ०.५५, एनआईसी एसियाको ०.६१, स्ट्यान्डर्ड चार्टर्डको ०.७२ र सानिमा बैंकको ०.७७ प्रतिशत छ।  

बैंकहरूको एनपीएल ह्वात्तै बढ्दा नाफासमेत प्रभावित भएको बैंकर्सको भनाइ छ। यसपालि नाफामा भएको वृद्धिलाई बैंकरहरू उत्साहजनक ठान्दैनन्। बैंकको पुँजीगत लागतको तुलनामा यत्तिको नाफा अझै कम भएको तर्क छ। बैंक तथा वित्तीय संस्थाहरू पारदर्शी हुने र त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने भएर आयव्ययबारे थाहा हुन्छ तर अन्य उद्योग तथा व्यवसायले यसरी हिसाब सार्वजनिक नगर्ने भएकाले जत्ति नाफा भए पनि थाहै नहुने गरेको एक बैंकर बताउँछन्। 

  •      २१ वाणिज्य बैंकको नाफा वृद्धि औसत ११.११ प्रतिशत
  •     ७ बैंकको नाफा वृद्धि घट्यो
  •     कृषि विकास बैंकको एनपीएल उच्च हुँदा नाफा ऋणात्मक

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २१ वाणिज्य बैंकको नाफा औसत ११.११ प्रतिशतले बढेको छ। यद्यपि निष्क्रिय कर्जा बढ्दा पनि २१ वटा बैंकको नाफा सो दरले बढेर ३१ अर्ब १४ करोड ७० लाख १६ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा बैंकहरूको नाफा २८ अर्ब ३ करोड ३२ लाख ३२ हजार रुपैयाँ थियो। दोस्रो त्रैमाससम्मा ७ वटा बैंकको नाफा घटेको । 

कृषि विकास बैकको नाफा भने ऋणात्मक हुन पुगेको छ। सो बैंकको खराब कर्जा पनि अधिक बढेकाले गत आवको पुस मसान्तमा १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ नाफा  कमाएकोमा चालू आवको सोही अवधिमा भने १२ करोड ८९ लाख ३३ हजार रुपैयाँले ऋणात्मकमा छ। 

नाफा वृद्धि घट्नेमा सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक, सनराइज, प्रभु र प्राइम बैंक छन्। बढी नाफा वृद्धि गर्नेमा एभरेस्ट छ भने बढी कुल नाफामा नबिल बैंक अगाडि छ। एभरेस्ट बैंकले वार्षिक ८९.२९ प्रतिशतले नाफा वृद्धि गरेर कुल १ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ। नबिल बैंकले कुल बैैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरे पनि गत वर्षको तुलनामा ५६.६७ प्रतिशतको वृद्धि हो।
बढी नाफा गर्नेे दोस्रो बैंक एनआईसी एसियाले ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा ३६.२७ प्रतिशतले बढी हो। सो अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्नेमा यी दुई बैंक मात्रै छन्। 

यसबाहेक २ अर्बभन्दा बढी ३ अर्बभन्दा कम नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंक छन्। ग्लोबलको नाफा ४.४६ प्रतिशतले बढेर २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ पुगेको छ। वाणिज्य बैंकको नाफा ४१.२७ प्रतिशतले बढेर २ अर्ब ७१ करोड १८ लाख ५१ हजार रुपैयाँ  छ। यसबाहेक १ भन्दा बढी २ अर्बसम्म नाफा आर्जन गर्ने बैंकमा क्रमशः एनएमबी, स्ट्यान्डर्ड, प्राइम, एभरेस्ट, सानिमा, प्रभु, नेपाल एसबीआई, नेपाल, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे र कुमारी बैंक रहेका छन्। यसबाहेकका बैंकको नाफा अर्बभन्दा कम छ। 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील पोखरेल दोस्रो त्रैमाससम्ममा बैंकहरूको नाफा खासै उत्साहजनक नभएको बताउँछन्। अधिकांश बैंकहरूले किस्ता तथा ब्याज संकलन गर्न नसक्दा निष्क्रिय कर्जा (एनपीएल) बढेको उनले जनाए। ‘अहिले बैंकहरूको सामान्य अवस्था रहेन। १–२ वटा बैंकबाहेक प्रायः कसैको पनि उत्साहजनक नाफा भएको छैन। कतिपयले ऋणको साँवा तथा ब्याज संकलन गर्न सकेका छैनन्। जस्ले निष्क्रिय कर्जा बढेको छ,’ उनले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.