वुहानका बासिन्दा भन्छन् : अब कोरोनासँग डराउँदैनौं
बेइजिङ : कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको जनाएका छन् ।
जनवरी २०२० मा बेइजिङले वुहानलाई कोरोना प्रकोप कम गर्न लकडाउन गर्न आदेश दिएको थियो । उक्त समयमा लाखौँ मरेका र विश्वव्यापी अर्थतन्त्र उथलपुथल भएको थियो । तर अब विश्वभरि धेरैका जीवन सामान्यमा फर्किएको र लगभग तीन वर्षको कठोर तालाबन्दी र अनिवार्य सामूहिक परीक्षणपछि, बेइजिङले गत महिना शून्य–कोभिड नीति हटाएको छ ।
नयाँ वर्ष मनाउने क्रममा, बजार र ईरमा भीडभाड हुँदा पनि स्थानीय कोहीले मास्क लगाएका थिएनन् । वुहानको गुइयुआन मन्दिर तीन वर्षमा पहिलो पटक खोलिएको छ ।
चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार मानिसको कोभिड–१९ सङ्क्रमणले मृत्यु भएको थियो । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।
गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको छ । रासस