फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार सञ्चालन गर्न माग

फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार सञ्चालन गर्न माग

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लु वातावरण मैत्री टोल सुधार समितिले फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार प्रयोगमा ल्याउन माग गरेको छ। 

राज्यको करोडौं लगानीमा निर्माण गरिएको प्रवेशद्वार वर्षौदेखि उपयोगविहीन भइरहदा हवाईयात्रु  साँघुरो मार्ग प्रयोग गर्न बाध्य भएको भन्दै सञ्चालमा ल्याउन माग गरेको हो। 

प्रवेशद्वार उपयोगविहीन हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुलाई आज मंगलबार मागसहितको ध्यानार्कषण पत्र समेत बुझाएका छन्। 

मागको वेवास्ता गरेको खण्डमा नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ। 

उक्त माग तथा ध्यानार्कषण पत्रको बोधार्थ नेपाल नागरिक उड्ययन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिकालाई पनि दिइएको छ। 

सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङसहितको उपस्थितीमा मंगलबार बसेको टोल सुधार समितिको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष दोर्जी तामाङले जानकारी दिए। 

पहिलो चरणको कार्यक्रमलाई बेवास्था गरे थप सशक्त संर्घषको कार्यक्रम अघि बढाउने ध्यानार्कषण पत्र मार्फत चेतावनी दिइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.