छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बागलुङ : बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा बुबा पक्राउ परेका छन्। 

छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए। 

उजुरीमा छोरीलाई अरूलाई भने ज्यान मार्ने धम्कीसमेत दिँदै आएको उल्लेख गरिएको एसपी ज्ञवालीले बताए।

‘घटनाबारे कसैलाई भने मार्छु भनेर धम्की दिएको रहेछ,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने,‘छोरीको बानी व्यवहार परिर्वतन हुँदै गएपछि सोधपुछ गर्दा आमासँग घटनाबारे बताएपछि उजुरी दिएको र बुबालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।’

श्रीमतीले घटनाबारे थाहा पाएपछि भागेर बुटवल पुगेका बुबालाई मंगलबार पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको एसपी ज्ञवालीले बताए। उनले बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.