नुवाकोटमा सिँचाइका १२० योजना
नुवाकोट: डिभिजन सिँचाइ कार्यालयमार्फत नुवाकोटमा १२० योजना सञ्चालन हुँदैछन्। जसमध्ये ७७ योजना सञ्चालनको सम्झौता भएको छ। सम्झौता भएकामध्ये २१ योजना सम्पन्न भएका छन्।
डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सम्पादन गर्ने योजना पाँच लाखदेखि ५० लाख रुपैयासम्मका छन्।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका अनुसार एउटा योजना पूरा गर्न दुई सातादेखि एक महिनाको समय लाग्नेछ। ‘योजना सम्झौतामा चासो नदिनेदेखि जिम्मेवारी लिएर ठेक्कामा लगाएर नाफा निकाल्ने, समयमा काम नगरी उपभोक्ताले पाउने विकासको अधिकार रोकिएका छन्,' डिभिजन सिँचाइ प्रमुख हरिप्रसाद गुरागाईंले भने ।