विद्यालयको आयश्रोत जुटाउन सामूहिक व्रतबन्ध

विद्यालयको आयश्रोत जुटाउन सामूहिक व्रतबन्ध

नुवाकोट : नुवाकोटको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माविको आयश्रोत जुटाउन बटुकहरूको सामूहिक व्रतबन्ध गरिएको छ। 

विद्यालयले विदुर नगरपालिका-५ देवीघाटस्थित शिवधाममा आदिवासी जनजातीलगायत सबै समुदायका बटुकहरूको सामूहिक व्रतवन्ध गरेको हो।

नेपाली संस्कार अनुसार बटुकहरूको व्रतबन्ध बालक अवस्थामै गर्नुपर्ने भन्ने जनविस्वास रहँदै आएको छ। विद्यालयले २०५५ सालदेखि बटुकहरूको सामूहिक व्रतबन्ध गराउँदै आएको छ। 

शिवधाम परिसरमा मुख्य पुरोहित हरिप्रसाद सापकोटाले एकै दिन ९१ जना बटुकहरूलाई सामूहिक रूपमा मन्त्रदान गराएका हुन्। 

विद्यालयले एक जना बटुकलाई पाँच हजार रुपैयाँ शुल्क लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.