समाजसेवी दिनबन्धु गोयलले १२ घर बनाइदिने

समाजसेवी दिनबन्धु गोयलले १२ घर बनाइदिने

झापा : जिल्लाको भद्रपुर नगरपालिका-६ भतियावारी निवासी नारायण राजवंशी पेशाले मजदुर हुन्। 

दुई छोरीको विवाहपश्चात् श्रीमतीसँगै बस्दै आएका नारायणको सम्पत्तिका नाममा १० धुर जमिन मात्र छ। 
टिनको छाप्रोमा जसोत्यसो बसेर गुजार चलाउँदै आएका राजवंशी दम्पत्तीलाई समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलले नयाँ पक्की घर बनाइ दिन लागेपछि दंग परेका छन्। 

'दैनिक ज्यालादारीमा उद्योगमा काम गर्छु, त्यही कमाइको पैसाले पक्की घर बनाउने सामर्थ्य मसँग थिएन,' नारायणले भने, 'राज्यबाट नभई व्यक्तिबाट घर पाउन लाग्दा अत्यन्तै खुसी छु, दाता दिनबन्धु ज्युलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।' 

नयाँ घर पाउने भएपछि राजो माझीका परिवार पनि हर्षित देखिएका छन्। राजोका परिवार छोराबुहारी, दुई नातिनातिना मात्र छ। 

राजोका छोरा बिसन गाडी चालक हुन्। डेढ कट्ठा जमिनमा टिन र टाटी बेराले घर बनाएर बस्दै आएको माझी परिवारलाई पक्की घर बनाएर बस्ने सपना चाहिँ थियो। 'त्यो सपना बल्ल पूरा हुँदैछ,' बिसनले भने, 'गाडी कुदाएर परिवार पाल्नै समस्या छ, पैसा जुटाएर घर बनाउने सपना चाहिँ थियो, त्यो दाताले पूरा गरिदिँदै हुनुहुन्छ।'  

दाता दिनबन्धुले नारायण र रोजालाई मात्र पक्की घर बनाई दिन लागेका होइनन्। दिनबन्धुले आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा सो बस्तीमा बसोबास गर्ने आदिवासी/जनजाति समुदायका व्यक्तिहरूको लस्करै १२ वटा घर बनाइदिन लागेका हुन्। 

सो बस्ती जोड्ने सडकको नाम स्व. ओम गोयल कोलोनी मार्ग राखिएको छ। भद्रपुर ६ नम्बर वडा कार्यालयको सहजीकरणमा बिहीबार आयोजित एक कार्यक्रमका बीच मार्गको उद्घाटन गर्दै घरको शिलान्यास गरिएको छ। 

नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले शिलान्यास गरेका हुन्। 
दाता दिनबन्धुले राजो माझी, श्याम माझी, रमेश माझी, नारायण राजवंशी, फुलकुमार राजवंशी, प्रमीला राजवंशी, भेलासरि राजवंशी, सुमित्रा माझी, लखन माझी र रविन माझीको वरन्दासहित दुई कोठे घर बनाइदिन लागेको ६ नम्बर वडाध्यक्ष रतिया राजवंशीले जानकारी दिए। 

निर्मला राजवंशी र विजयकुमार माझीले पक्की घर बनाइसकेको उनीहरूको घरको मर्मत सम्भार र रंगरोगन गरिदिने वडा अध्यक्ष राजवंशीले बताए। 

दाता दिनबन्धुजीले वडा ६ मै जग्गा धनिपूर्जा वा सुकुम्वासी बस्तीमा घर बनाइदिने बताएपछि वडा कार्यालयले नगरपालिकाको सहयोगमा यस बस्तीलाई छनोट गरेको उनले बताए। 

'दाताले घर त बनाइदिँदै हुनुहुन्छ, तर ती घरहरूमा शौचालय बनाइदिने दाता भेटिएको छैन,' उनले भने, 'शौचालयका लागि पहल गरिरहेका छौँ, खानेपानीको व्यवस्था मिलाइदिन नगरपालिकालाई अनुरोध गरेका छौँ।' 

यता दाता परिवारका तर्फबाट विनय गोयलले महिनाभित्र घर बनाउन काम सम्पन्न गरिने र त्यसका लागि करिब ६० लाख रुपैयाँ खर्च हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.