खानीगाउँमा चल्न थाल्यो फोरजी इन्टरनेट

खानीगाउँमा चल्न थाल्यो फोरजी इन्टरनेट

बागलुङ: बागलुङको दुर्गम गाउँ ढोरपाटन नगरपालिका–६ खानी गाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ। टेलिकमले एक वर्ष अगाडी टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानी गाउँमा फोरजी सेवा संचालनमा ल्याएको हो । 

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीब्रता दिने उद्देश्य अनुरुप खानी गाउँमा फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ट इन्जिनियर केशव शर्माले बताए । 

‘खानी गाउँमा एक वर्ष पहिले नै टुजी र थ्रिजीको इन्टरनेट सेवा विस्तार गरेका थियौं,’ प्रमुख शर्माले भने,‘विकट स्थानलाई प्राथमिकतामा राखेर सेवा विस्ता गर्ने कार्यालयको उद्देश्य अनुरुप यस वर्षदेखि फोरजी इन्टरनेट सेवा सुचारु गरेका हौं ।’

खानी गाउँ माथि रहेको डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरी फोरजी इन्टरनेट सेवा उपलब्ध गराइएको प्रमुख शर्माले बताए । उनले सेवाबाट खानी गाउँ सहित खिबाङ, खोरिया, थाम्का र चामीदुवार गाउँका २ सय बढी घरधुरी प्रत्यक्ष लाभाम्बित भएको जानकारी दिए।  

‘जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा फोरजी मोवाईल सुचारु भए सँगै पहिले ईन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई ईन्टरनेटको पहुँचमा जोडन सफल भएको नेपाल टेलिकम बागलुङका प्रमुख शर्माले बताए ।

फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोवाईल डेटा मार्फत ईन्टरनेट चलाउन सहज भएको स्थानीय रेशम बुढा मगरले बताए । उनले सूचना र सञ्चारको व्यवस्था नहुँदा केही वर्ष पहिलेसम्म हुलाक र कट्टवाल प्रथाको भर पर्नुपर्ने बाध्यता अहिले टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधाले हट्दै गएको बताए। 

‘भौगोलिक हिसाबले विकट रहेको गाउँमा मोवाईल सेवा नहुँदा सञ्चारमा समस्या रहेको थियो,’ स्थानीय मगरले भने,‘कुनै जानकारी, सूचना आदान प्रदान गर्न या आफन्तलाई केही भन्न र सरकारी काम गर्न सम्बन्धीत ठाउँमै पुग्नुपर्ने बाध्यता मोबाइल र इन्टरनेटको सेवाले हट्दै गएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.