पर्यटक कुर्दै रक गार्डेन

पर्यटक कुर्दै रक गार्डेन

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क–११ डिभर्नामा रहेको रक गाडेर्नको प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलको रूपमा विकास हुने देखिएको छ। प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेर बसेको छ। 

एक पटक हेर्न जाने मानिसहरू चट्टानको बनाबाट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन्। चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुंगाको बगैंचामा जाने मासिनसहरू आनन्दित हुने गरेका छन्। 

कलात्मक रूपमा मानिसहरूले आफै सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका छन्। सयौं रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न र प्रचारप्रसार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। 

रकगार्डेनमा स्थानीय तथा आन्तरिक पर्यटकहरू आउन थालेका छन्। ती पर्यटकहरूलाई सहजताका लागि शौचालय, ट्रस्ट तथा एकवटा मन्दिर पनि निर्माण गरिएको छ। प्राकृतिक रूपमा बनेको ढुंगाको बगंैचाको प्रचार प्रसार र विकासमा ध्यान दिन सकेमा सन्धिखर्क नगरपालिकाको महत्वपुर्ण पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका–११ का वडा अध्यक्ष चेतनारायण आचार्यले बताए। अहिलेपनि जिल्लाभित्रका मानिसहरू दैनिक रूपमा घुम्न आउने गरेका छन्। 

डिभर्नामा रहेको यो रक गार्डेन साँच्चिकै नेपालकै नमुना रहेको छ। लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकहरूलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र डिभर्नाको यस रक गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्ने छ। जस्का स्थानीयको जीवन पनि उकास्न समिने छ। 

रक गार्डेनमा पर्यटकहरू भिœयाउन र संघीयताका कारण कम चहलपहल भएको सन्धिखर्कमा चहलपहल वृद्धि गर्न योजनाका साथ आफूहरूले काम गरिरहेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ। अहिले पनि यो स्थान मानिसहरूको गन्तब्य स्थलको रूपमा विकास भैरहेको छ। अझै पनि प्रचार प्रसारमा लागेर मानिसहरूको प्रमुख गन्तव्य स्थलको रूपमा विकास गर्ने काममा नगरपालिका अगाडि बढेको नगर प्रमुख श्रेष्ठले बताए। 

यस स्थानबाट सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदे गाउँपालिका मात्र होइन्। पाल्पा र प्युठानका केही भागहरू सम्म हेर्न सकिन्छ। प्रकृतिले आफैं निर्माण गरेको यस क्षेत्र साँच्चिकै अच्चमको रहेको छ। 

ढुंगाको जंगल जस्तै देखिने यस स्थानको प्रचारप्रसार गर्न सके यो एउटा नेपालकै प्रमुख पर्यटकीय स्थलको रूपमा विकास हुन सक्छ। यसतर्फ सबैको ध्यान जान जरुरी छ। यति मात्र होइन्। स्थानीय सरकार आएपछि चहलपहल घटेको सन्धिखर्क नगरपालिकामा मानिसहरू आउने प्रमुख स्थलको रूपमा विकास हुन सक्छ। जसका लागि सन्धिखर्क नगरपालिकाले विभिन्न योजना बनाएर अगाडि बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.