‘राष्ट्रपतिमा राष्ट्रिय व्यक्तित्वको खोजी गरौं’

प्रस्तुति : राजकरण महतो

‘राष्ट्रपतिमा राष्ट्रिय व्यक्तित्वको खोजी गरौं’

माओवादीले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति छनौंट गर्ने नीति लिएको छ ? के यो सम्भव छ ? 

सम्भव छ। यो आवश्यकताले गराउने कुरो हो। अहिलेको देशको राजनीतिक अवस्थाअनुसार कुनै पनि पार्टी एकलौटी छैन। कुनै राजनीतिक दलको स्थिर गठबन्धन बन्ने स्थिति पनि छैन। त्यसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नु अहिलेको टड्कारो अवश्यकता हो। यो आवश्यकताभन्दा बाहिर गएर राष्ट्रपति चुनावमा गयो भने देश दुर्घटनामा फस्न सक्छ भन्ने हाम्रो बुझाइ हो।

कस्तो दुर्घटना हुन्छ होला ?

सत्तामा बस्ने हामी नै किन नहोस्, कांग्रेस वा एमाले किन नहोस्। अहिलेको सहमतिअनुसार दुई वर्षपछि एमालेकै प्रधानमन्त्री बन्दै छ। एमालेकै सभामुख छ। राष्ट्रपति पनि एमालेकै र अहिले न्यायधीश पनि एमालेकै बनाउने कुरो आइरहेको छ। त्यो पनि एमालेकै हुँदा त्यसलाई प्रतिवाद गर्न सदनमा त्यो खालको स्थिति रहँदैन। गठबन्धन पनि स्थिर खालको बन्न नसक्ने अवस्थामा राष्ट्रिय सहमतिबाटै राष्ट्रपति छनौट गर्नुपर्छ भनेका हौं।
 
राष्ट्रपतिमा कस्तो पात्रको कल्पना छ ? 

जसले पार्टीहरूभन्दा माथि उठेर देशको नेतृत्व गर्न सकोस्। त्यो खालको नेतृत्वको आवश्यकता टड्कारो बनेको छ। हामीले तात्कालिकभन्दा दीर्घकालीन रूपमा राजनीतिक स्थिरता खोजेका छौं। हाम्रो पार्टीबाट प्रधानमन्त्री बनि हालिएको छ। उपराष्ट्रपति आइहाल्छ। सबै त ठीकै थियो नि। तर, हामीले देशलाई निकास दिन, देशलाई स्थिरतामा लैजानका निम्ति सोंचिरहेका छौं। देशमा कुनै राजनीतिक दुर्घटना नहोस् भन्नका निम्ति सोंचिरहेका छौं। यो सोंच्ने शक्ति, क्षमता र आधार माओवादीमा मात्रै छ जस्तो भइसक्यो देशमा।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गर्दा एमाले चिढिएको छ। यसले त सत्ता गठबन्धनमा असर पर्ला नि ?
पर्नु हुँदैन। हामीले कसैलाई पनि राष्ट्रपति बनाउँछौं भनेका छैनौं। अर्को गठबन्धन बनाउने पनि भनेका छैनौं। गठबन्धन त यही ठीक छ। यही गठबन्धनले एउटा साझा पात्र खोजेर राष्ट्रपतिको चुनावमा साझा उम्मेदवार बनाउँ भनेका हौं। जसमा कांग्रेसलाई पनि ल्याउँ। प्रधानमन्त्रीको जो विश्वासको मत आयो। त्यो त सर्वसम्मत नै आयो। त्यसले पनि यस विषयमा साझा पात्र खोज्न माओवादीको काँधमा दायित्व थपियो। यस कोणबाट हाम्रा लागि कांग्रेस र एमाले उस्ताउस्तै भयो। यो सन्दर्भमा यस्तो देखिन्छ। र, मोरललेस भन्दाखेरी त अन्तिम गठबन्धन एमालेसँग हाम्रो हो। भोलि पर्ने अप्ठ्यारोबारे अहिलेदेखि नै सोचेर गएनौं भने पछि पछुताउने मात्रै हुन्छ। त्यसैले अहिले सचेत ढंगले सोचिरहेका छौं। 

कांग्रेसलाई राष्ट्रपति पद दिने कुरा हो ? 
त्यो पनि होइन। हामी र कांग्रेसले चाहेर पनि त हुँदैन। एमालेले पनि चाहनुपर्यो। त्रिकोणात्मक शक्ति सन्तुलनको हिसाबले देशलाई भविष्यमा राजनीतिक दुर्घटनाबाट बचाउनका निम्ति सबैको राष्ट्रिय सहमतिको आधारमा हामीले राष्ट्रपति छनौट गर्नुपर्छ भनेर भनेका छौं।

  •  रविजी अनागरिक भएको होइनन्। आफ्नै गतिविधिले उहाँ अनागरिक हुनुभयो। यसले सरकार सञ्चालनमा खासै असर परेको छैन। 
  • गठबन्धन पनि स्थिर खालको बन्न नसक्ने अवस्थामा राष्ट्रिय सहमतिबाटै राष्ट्रपति छनौट गर्नुपर्छ भनेका छौं।
  • हामीले खोजेको राष्ट्रपति पार्टीको योजनाभन्दा माथिको हुनुपर्छ। राष्ट्रिय एजेण्डालाई बुझ्ने हुनुपर्छ। त्यो व्यक्ति चाहे कांग्रेस, एमाले जुनसुकै पार्टीभित्रबाट पनि हुनसक्छहामीले तात्कालिकभन्दा दीर्घकालीन रूपमा राजनीतिक स्थिरता खोजेका छौं। 

जो अहिलेको नेपालको राजनीतिकमा वैज्ञानिक, उपयुक्त, अर्को संसदीय निर्वाचन नहुँदासम्मको निम्ति यो नै उक्तम विधि हो।

राष्ट्रपति पनि एमालेको पाउँदा एकछत्र राज गर्छ भन्ने डर हो ? 
त्यो त विगतले देखाइसक्यो नि के हुँदो रहेछ भन्ने कुरो। कुनै सरकारले केही चिज लिएर जाँदा राष्ट्रपति पाँच मिनेट पनि नकुर्ने, ५ मिनेटमै प्रधानमन्त्रीबाट राष्ट्रपति हुँदै १५ मिनेटमा निर्णय भएर बाहिर फ्ल्यास हुने, त्यही कुनै अर्को सरकारले लिएर जाँदा १५ दिनसम्म झुलाएर राख्ने जस्तो खालको त राष्ट्रपति हुनु भएन नि। यो खालको राष्ट्रपतिको क्यारेक्टर भयो भने त भोलि बिग्रिन्छ। यसले डर भयो। खतरा भयो।

भनेपछि एमालेकै कारण देश खतरामा पर्ने जोखिम छ ?
नेपालको समग्र पोल्टिकल इस्युमा जस्तो गणतन्त्र, संघीयता, धर्मनिरिपेक्षतालगायत स्थायित्वका निम्ति राष्ट्रिय एकताका लागि हाम्रो पार्टी अध्यक्षत तथा प्रधानमन्त्रीजीले ठीक ढंगले म्यानेज नगरेको भए २०७० को चुनाव हुन्थ्यो कि हुँदैन थियो ? र संविधान बन्दैन थियो। यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री नै बन्ने थिएनन्। यो पनि प्रचण्डकै कारणले भयो। शेरबहादुर प्रधानमन्त्री नबनेको भए देश चुनावमा जान्थ्यो। देशमा चुनाव नभएर अर्को अस्थिरता पैदा हुन्थ्यो। देशमा चुनाव पनि गराउने प्रचण्ड नै हो। हामीले जे सोच्छौं दीर्घकालीन महत्वका लागि सोच्छौं भन्ने यसले देखाउँछ। हामीलाई तात्कालिक विषयमा स्वाद छैन। अहिलेको सिस्टमले कुनै पार्टीले कहिले पनि बहुमत ल्याउन सक्दैन। त्यसैले हामीले जिम्मेवार भएर सोचिरहेका छौं।

सहमतिअनुसार एमालेले राष्ट्रपति नपाएपछि सरकार संकटमा पर्ला नि ? 
सकार ढल्छ भन्ने कुरा मुख्य होइन। प्राप्त उपलब्धिहरू रक्षा गर्दै देशमा स्थिर राजनीतिक स्थिति ल्याउनका निम्ति सरकार ढल्छ वा रहन्छ भन्ने मुख्य कुरो होइन। नेकपाको हिजो दुई तिहाइ हुँदा पनि स्थायित्व खालको राजनीतिक स्थिरता देशमा भएन। देशमा सापेक्षित राजनीतक स्थिरता कसरी हुन्छ भन्ने कुराको चिन्ता हो हामीलाई।

राष्ट्रपतिमा स्वतन्त्र व्यक्ति ल्याउन खोज्नु भएको हो ? 
त्यो हामीले भनेका छैनौं। सबैलाई स्वीकार्य हुने व्यक्तिको खोजी गरेका हौं। पोल्टिकल चेतनाबाट बाहिर गएर खोज्नु हुँदैन। हामी खोजेको व्यक्ति पार्टीको योजनाभन्दा माथिको हुनुपर्छ। उसले राष्ट्रिय एजेण्डालाई बुझ्ने खालको व्यक्तित्व चाहियो। त्यो व्यक्ति कांग्रेस, एमाले जुनसुकै पार्टीभित्रबाट पनि हुनसक्छ। राजनीति गरेको तर अहिले स्वतन्त्र भएको व्यक्ति पनि हुन सक्ला। एउटा पार्टीको एजेण्डा अघि बढ्न नसक्ने तर संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षता जस्ता उपलब्धिहरूलाई हार्दिकता साथ स्वीकार गर्ने खालको स्वतन्त्र व्यक्तिमा पनि सहमति जुटे हुन्छ।

संघीयताप्रति प्रतिवद्ध व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नुभएको भन्ने चर्चा छ नि ?
हो, हो। एउटा, २०७२ को संविधानलाई हुबहु स्वीकार गर्ने। र यसलाई संस्थागत गर्ने। अर्को, शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई कार्यान्वन गर्न दृढ इच्छाशक्ति भएको व्यक्ति। तेस्रो कुरो, देशमा आउने कुनै पनि समस्यालाई पार्टीको राजनीतिभन्दा माथि उठेर आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्न सक्ने खालको व्यक्तिलाई राष्ट्रपतिमा छनौट गर्नुपर्छ।

नेपालका राजनीतिक दलहरूसँग बसेर छलफल गरेर निष्कर्ष निकाल्ने, समन्वयको काम गर्ने खालको राष्ट्रि व्यक्तित्वको खोजी हो। यस मानेमा राष्ट्रिय सहमति खोजेका छौं। हिजोको जस्तो खिलराज रेग्मीलाई ल्याइदिउँ जस्तो भनेका होइनौं। शुशीला कार्कीलाई ल्याइदिउँ बनाइदिउँ भनेका होइनौं।

रवि लामिछानेको बर्हिगमनले गठबन्धन सरकारलाई के–कस्तो असर परेको छ ?
केही अप्ठ्यारो त भयो। सरकार सञ्चालनको गतिविधि जुन सहज ढंगले अघि बढेको थियो। सर्वोच्च अदालतले फैसला गरिदिएर रविजी अनागरिक भएको होइन।  आफ्नै गतिविधिले उहाँ अनागरिक हुनुभयो। सर्वोच्च अदालतले रवि लामिछानेले गर्नुभएको कामलाई बाहिर ल्याइदिएको मात्रै हो। यत्तिकै पेल्छु भन्ने ठान्नुभयो कि यत्तिकै मान्नु पर्छ भन्ने ठानेर यस्तो भयो।

उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले पाउँछ कि के गर्नुहुन्छ ? 
सत्ता साझेदार पार्टी बस्छन्। सल्लाह गर्छन्। छलफलबाट के निष्कर्ष आउँछ। त्यही हुन्छ। हुँदैन भन्ने कुरा पनि हुँदैन। अब त्यही पार्टीलाई उपप्रधान तथा गृहमन्त्री हुनैपर्छ भन्ने कुरा पनि हुँदैन। विगतको कुरो हेर्दा त, अर्थ कि गृह जसको प्रधानमन्त्री छ उसैले पाउने हो। 

माओवादीले किन बाम पन्थी एकताको कुरो एजेण्डा बनायो ?

२०६४ मा हामी ठूलो पार्टी थियौं । त्यो बेला पनि मिल्ने जति बामपन्थीहरुलाई मिलाम् भनियो । त्यो बेला तत्कालिन एमालेका नेता माधव कुमार नेपालसंग पार्टी एकताको कुरा चलाएकै हौं । हामी ठूलो भएपछि सानालाई हेपेर  हिड्ने होइन् । सकेसम्म मिल्ने शक्तिहरुसंग एकता गरेर जाउँ भन्ने कुरा नै हाम्रो मुख्य कुरो हो ।

तपाईहरु कमजोर हुन लागेको कारणले पार्टी एकताको कुरो झिक्नु भएको हो ?

युद्धमा हुँदाखेरी पनि  कहिले राजालाई नजिक बनायौं कहिले कांग्रेसहरुलाई नजिक बनायौं । कहिले भारतलाई नजिक त कहिले अमेरिकालाई नजिक बनायौ । यो हाम्रो  ट्रेन हो । सबै दुषमनसंग एकै पटकमा लड्न सकिदैन । अर्को हाम्रो अध्यक्षको स्वभाव नै वाम पन्थीहरुको बीचमा एकता गरेर जानु पर्छ भन्ने कुरा हिज्जै देखिको नै हो । त्यही भएर छोडेर गएकाहरुसंग पनि एकता गर्न हिच्किचाउँदैनौ । एमालेसंग पनि हामीले पार्टी एकता गयौं । फुट्नु हुँदैन भन्ने हो । अहिले पनि हामी एकताको पक्षधर छौं  एमालेसंग पनि हामी एकता गर्न सक्छौं । माधवजीसंग पनि हाम्रो कुरो भइरहेको छ । नारायणमान बिजुक्छेसंग पनि कुरो चलिरहेको छ ।ठूलै शक्तिसंग एकता गर्दा  एक ढंगको आरोप लाग्दिने, यहि बेला पेल्न सकिन्छ भनेर ल्याइहाल्यो । प्रचण्डले सबैलाई धुलोपिठो बनाउने भयो ।  अलि सानो शक्तिसंग एकता गर्दा अब सिद्धिने भयो डरले एकता गर्न थाल्यो भन्छ । कतै गरेपनि यो देशमा सुख छैन । तैपनि हाम्रो एकताको सोच हो ।

कुन-कुन एजेण्डामा पार्टी एकता हुन्छ ?

२०७२ को संविधानलाई मान्नु पर्छ । यसलाई थप सुढृड बनाउने, गणतन्त्र, संघीयतालाई मान्ने पक्षधरहरुसंग एकता हुन्छ । यसमा कुनै सम्झौता हुँदैन । संविधानमै उल्लेख भएको समाजवादी राज्य व्यवस्था स्थापना गर्ने शर्तमा पार्टी एकता हुन्छ । दलाल, नोकरशाही, पूँजीपति वर्गको विरुद्धमा जाने शक्तिसंग हाम्रो कुरो मिल्छ । स्वधानिक, आत्मनिर्भर अर्थतन्त्रलाई स्वीकार गर्ने शक्तिहरुको बिचमा एकता हुन्छ । जसले हामीलाई कम्युनिष्ट भन्छ उनहिरुसंग हामी एकता गर्न तयार छौं । अरुसंग मोर्चा बनाएर जान दुबिधा छैन हामीलाई ।

पार्टी एकता भएपछि साँचो पार्टी नेतृत्वको साँचो फेरिन्छ ?

हाम्रो इमान्दारीता र सोझोपनबाट राजनीतिक शक्तिले धेरै फाइदा उठान खोजेका छन् । जे सहमति हुन्छ त्यो सहमति अनुसार खुरुखुरु गए त हुने नि ।  पछिल्लो पटक एमालेसंग आधा आधा कार्यकाल नेतृत्व गर्ने भनेर पार्टी एकता भएर नेकपा बन्यो । तर केपी शर्मा ओलीले ज्यान गए पनि प्रधानमन्त्री पद छोडेनन् । यो घटना क्रमले पार्टीको साँचो छोड्नु पनि हुँदैन । सहमति भएका बिषयमा इमान्दारीतासाथ कार्यान्वन गरेर जानुपर्छ । साँचो के, कता भन्दा पनि सहमति के मा हुन्छ । त्यसरी जाने हो ।

बालकोटमा माओवादीले राष्ट्रपति एमालेलाई दिने बारे गरेको सहमति त प्रचण्डले नै उल्लंघन गर्दैछ त ?

 त्यो सहमति लिखित होइन् । मौखिक रुपमा कुरो भएको हो । प्रधानमन्त्री फेरिदा सभामुख पनि फेरिनु पर्छ । तर, यो छाँटकाट देखिदैन । अहिले छाँटकाँट नदेखिएपछि राष्ट्रपति किन दिने उनले(एमाले) भनेको मान्छेलाई । भोली राष्ट्रपति पनि उनकै, प्रधानमन्त्री पनि उनकै, सभामुख उस्कै भएपछि जे पनि हुन सक्छ । केपी र शेरबहादुरजी बिच सदनमा भएको घोचपेचले त  अहिलेसम्मको यिनले देश, राष्ट्रभन्दा पनि  आफ्नो स्वार्थ देखेको कुरो प्रष्ट भयो ।

अनि माओवादीको मनमा चिसो पस्यो ?

यो कुरा सुनेर हामीलाई डर भयो । अवस्था त बडा खतरनाक पो हुँदै जाँदै छ त । यिनले पाएपछि जे पनि गर्छ भन्ने कुरा हामीलाई लाग्यो । लागेपछि हामीले भन्यो हामीलाई राष्ट्रपति पनि चाहिएको होइन् । राष्ट्रपतिका लागि  माओवादी, कांग्रेस, एमाले सबै मिलेर साझ व्यक्ति खोजौं भन्ने हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.