रविले 'क्लीन चिट' नपाएसम्म चुनाव लड्न पाउँदैनन् : रमण कर्ण (भिडियो वार्ता)

रविले 'क्लीन चिट' नपाएसम्म चुनाव लड्न पाउँदैनन् : रमण कर्ण (भिडियो वार्ता)

काठमाडौं: रवि लामिछानेले क्लीन चिट नपाएसम्म उपचुनाव लड्ने नैतिकता पनि बाँकी नरहेको अधिवक्ता रमण कर्णले दाबी गरेका छन्।

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्युज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै कर्णले अब लामिछानेलाई नागरिकता र पासपोर्ट दूरूपयोग मुद्दामा ५ वर्षसम्म जेल हुन सक्ने बताए।

लामिछानेको नागरिकता 'अवैध' भनेर बहस गरेका अधिवक्ता कर्णले भने,'रविजी विगतमा नैतिकता र पारदर्शीताको प्रश्न उठाएर सांसद चुनिनु भएको थियो। अव अवस्था त्यस्तो रहेन। उहाँमाथि लागेका आरोप र मुद्दाको पूर्णरूपमा किनारा नलागेसम्म फेरि पनि राजनीतिक हैसियतमा फर्किन पाउनुहुन्न । पुनः नागरिकता लिएर उपचुनाव लड्ने बाटो खुलेपनि मुद्दा नटुंगिएसम्म फेरि चुनाव लड्नु नैतिक प्रश्न हो ।' 

रविलाई फेरि पनि मन्त्री पद दिइए त्यो पनि गलत हुने उनको तर्क छ । अरूलाई प्रश्न सोध्ने मान्छे आफैँ प्रश्नहरूले घेरिरहँदा फेरि पनि उनलाई मन्त्री दिइए त्यसको जवाफदेही प्रधानमन्त्री बन्नु पर्ने उनी बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाटै बाहिरिए पनि सरकार संकटमा नपर्ने उनको दाबी छ ।

कर्णसँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.