बालेन 'मुड'मा चले, नसुध्रिए जनताले लखेट्छन् : सुमन सायमी (भिडियो वार्ता)

बालेन 'मुड'मा चले, नसुध्रिए जनताले लखेट्छन् : सुमन सायमी (भिडियो वार्ता)

काठमाडौं: काठमाडौं महानगरपालिका ज्यादतीमा उत्रिएको भन्दै स्थानीयवासी मेयर बालेन्द्र शाह'बालेन' विरूद्ध रूष्ट भएका छन्।

नक्सा पास भएको भवन तथा व्यक्तिको निजी जग्गामा निर्मित संरचनामा पनि मनपरी डोजर चलाएको भन्दै स्थानीयवासीले आइतबार बालेनविरूछद्ध दबाबमूलुक आन्दोलन गरेका छन्।

त्यसलाई पनि बेवास्ता गरेर अघि बढे मेयर बालेनलाई लखेट्ने दिन आउन सक्ने अभियान्ता सुमन सायमीले चेतावनी दिएका छन्।

आन्दोलनको अगुवाइ गरिरहेका अभियान्ता एवं मेयर बालेनका चुनावका प्रतिस्पर्धी समेत रहेका सायमीले अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै भने, 'जनताको लागि चाहिने विकास उनीहरूकै उठिबास लगाएर पनि हुन्छ र !'
 
संविधानले नै मौलिक हकको रूपमा स्‍थापित गरेको गास, बास र कपासका विरूद्ध मेयर बालेन लाग्नुले उनी संविधानभन्दा माथि हुन् कि भन्ने आभाष भएको सायमीले बताए। 

जनताले राजालाईसमेत फ्याँकेको स्मरण गर्दै सायमीले भने,'पाँच वर्ष निर्वाचित भएर गएको हुँ । कसैले केही गर्न सक्दैन भन्ने नठाने हुन्छ । नसुध्रिए जनताले लखेट्ने अवस्था आउन सक्छ ।'

ठेकेदारसँग साँठगाँठ गरेर बालेनले भत्काउने मात्र काम गरेको तथा बनाउने काममा पनि तिनैलाई उपयोग गरेर कमिसन खान खोजेको त हैन भन्ने आशंका पनि बढेको उनी बताउँछन्। महानगरले गरेको गलत काममा मुकदर्शक बन्ने वडाका प्रतिनिधिहरू पनि बिकेको उनको आरोप छ।

बालेनविरूद्ध सडकमा उत्रिएका जनतालाई वार्तामा बोलाएर समस्या समाधान गर्न अग्रसर भए अहिले पनि सहयोग गर्न आफू तयार रहेको सायमीले बताए।

सायमीसँगको कुराकानी भिडियोमा हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.