स्वास्थ्य परीक्षण शिविरमा ८० जनाले सेवा लिए
नुवाकोट : जिल्लाको तारकेश्वर गाउँपालिका-६ मझुवामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८० जनाले सेवा लिएका छन्।
गाउँपालिकाका अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको शिविरमा ६५ जना वृद्धवृद्धासहित ८० जनाको स्वास्थ्य परीक्षण गरिएको हो।
कार्यक्रममा सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिएको स्वास्थ्य शाखा संयोजक उपहास तामाङले जानकारी दिए।