सहमति तलमाथि भए गठबन्धन टुट्छ : कर्ण थापा (भिडियो वार्ता)

सहमति तलमाथि भए गठबन्धन टुट्छ : कर्ण थापा (भिडियो वार्ता)

काठमाडौं: नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पुस १० मा नयाँ समीकरण बन्दा भएको सहमति पालना नभए गठबन्धन टुट्ने चेतावनी दिएका छन्।

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्युज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै थापाले नयाँ सरकार बनाउने बेला पुस १० मा एमाले-माओवादीसहितका दलहरूबीच भएको सहमति तलमाथि हुन नहुने बताए।
 

थापाले भने, 'नयाँ समीकरण बन्दा पावर सेयरिङ पनि भएको सत्य हो । अब त्यस सहमति बमोजिम राष्ट्रपति पदको मात्र बाडफाँट बाँकी छ। त्यो पनि पूर्वसहमति बमोजिम एमालेले नै पाउन पर्छ ।'

विगतमा रवि लामिछानेले सम्हालेको उप्रधानमन्त्री एवं गृहमन्त्रालयबारे भने गठबन्धनका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले नै टुंग्याउन पर्ने उनको मत छ।

'समीकरण मिलाउँदा गृह मन्त्रालय रास्वपालाई नै दिने सहमति भएको हो भने त्यो सहमति पनि पालना हुनुपर्छ । तर अब गृहमन्त्रीचाँही रवि हैन रास्वपाले अरू कसैलाई पठाउन पर्छ।'

रवि लामिछाने प्रश्न सोधेरै यो ठाउँमा पुगेको तर उनी आफैँमाथि धेरै प्रश्न उठेकाले ती सबै आरोप र प्रश्नको निरूपण नभएसम्म पदमा जान अनैतिक हुने थापाको भनाइ छ।

थापासँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.