राजीव अपहरणको रहस्य : आर्थिक लेनदेनदेखि हनिट्रयापसम्म

राजीव अपहरणको रहस्य : आर्थिक लेनदेनदेखि हनिट्रयापसम्म

झापा : बिर्तामोड नगरपालिका-३ निवासी २१ वर्षीय राजीव बस्नेतको अपहरण घटनामा संलग्न एक महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न ९ जनामध्ये दुई महिला र ६ पुरुष गरी ८ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए। 

पक्राउ पर्नेमा बिर्तामोडकी प्रतीक्षा योङहाङ रहेका छन्। हनीट्रयापका योजनाकार योङहाङलाई प्रहरीले माघ १२ गते घरबाटै पक्राउ गरेको हो। माघ ५ गते अपहरणमा परेका बस्नेत १०औं अर्थात् माघ १४ गते शनिबार साँझ अपहरणमुक्त भएको एसपी रेग्मीले बताए। 

आर्थिक लेनदेनको विवादपछि बस्नेतलाई आतंकवादी संगठन उल्फा अर्गनाइजेशनको सहयोगमा हनीट्रयाप गरी अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले जानकारी दिए। 

अपहरणको मुख्य योजनाकार झापा बुद्धशान्ति गाउँपालिका घर भई हालः भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी हुन्। 

योजनाकार भण्डारीले युवतीको प्रयोग गरी बस्नेतलाई प्रेम जालमा फसाएर अपहरण गरेका थिए। ९ जना अपहरणकारीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भइसकेको र पक्राउ परेका महिला योङहाङलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। 

सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान गरेर उनीहरू राजीवलाई हनीट्रयापमा पार्छन्। त्यसपछि राजीव हनीट्रयाप परी उनीहरूसँग बोलीचाली र घुलमिल बढाउँछन्। सोही क्रममा माघ ४ गते उनीहरू सालवारिको झिलमा घुमफिर गर्न जान्छन्। उनीहरू माघ ५ गते एक रातसँगै श्रीअन्तु बस्ने योजनासमेत बनाउँछन्। 

यस्तो छ घटना  
बिर्तामोड-३ भगवान चोक निवासी कमल बस्नेतका २१ वर्षीय छोरा राजीव माघ ५ गते बिहान साथीहरूसँग इलामको श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएका थिए। प्रदेश १-०१-०१५ प ८०९७ स्कुटर चढेर घरबाट निस्किएको दुई घण्टापछि नै उनले बोकेको मोबाइल बन्द भयो। 

उनले हरियो ज्याकेट र ब्याग बोकेका थिए। सम्पर्कविहीन राजीव साँझसम्म पनि घर नफर्किएपछि परिवारजनले तत्काल प्रहरीलाई हुलियासहित उजुरी दिए। त्यसपछि प्रहरीले राजीवको खोजतलास सुरु गरे। सीसीटिभी फुटेज र मोबाइल ट्रयाकिङको आधारमा राजीव जिल्ला आसपासकै कुनै सुरक्षित ठाउँमा राखेको भनी प्रहरीले पत्ता लगाए। राजीवले बोकेको मोबाइल स्वीच अफ हुँदा प्रहरी सम्बन्धित ठाउँको पहिचान गर्न सकेनन्। राजीवलाई अपहरण गरेपछि अपहरणकारीले उनका बुबा कमललाई छोराको भिडियो पठाएर ४० करोड फिरौती रकम माग्छन्। 

कमलले सो कुरा तत्काल प्रहरीलाई जानकारी गरायो। त्यसपछि प्रहरी अनुसन्धानलाई फराकिलो बनाउँदै अपहरणकारीको खोजीमा लागे। मुख्य योजनाकार भारतको मणिपुरमा रहेको भनी झापा प्रहरीले पत्ता लगाएपछि मणिपुर प्रहरीसँग समन्वय गरेका थिए। सोही क्रममा मुख्य योजनाकार भण्डारी आफू पक्राउ पर्ने डरले राजीवलाई बिना सर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जंगल छेउमा लगेर छाडिदिएको एसपी रेग्मीले बताए। 

प्रहरीका अनुसार मुख्य योजनाकार भण्डारी र राजीवका बुबा बस्नेतबीच आर्थिक लेनदेन रहेकाले सो रकम असुल्न अपहरणको योजना बनाउँछ। भण्डारी र बस्नेत पहिले मणिपुरमा सँगै व्यापार गर्थे। तर, पछिल्लो समय आर्थिक लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो। उनीहरू सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ। 

बस्नेत र भण्डारीबीचको लेनदेन विवाद ८-१० वर्ष अगाडिकै हो। बस्नेतसँग रकम पाउने भन्दै भण्डारीले विप्लव माओवादी पनि लगाएका थिए। बस्नेतले भण्डारीलाई १ करोड भारु बुझाएका थिए। तर भण्डारीले अझै २० करोड भारु पाउने दाबी गर्दै आएका छन्। 

बस्नेतबाट सोही रकम उठाउन ६ महिनाअघि भण्डारी आफैं बिर्तामोड आएका थिए। बिर्तामोडको एउटा होटेलमा ४-५ दिन बसेर उनले सो अपहरणको योजना बनाएको खुलेको छ। भण्डारीले बिर्तामोडकी प्रतीक्षासँगको सल्लाहमा यस्तो योजना बनाएको अनुसन्धानबाट खुलेको छ। प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका फुपूकी छोरीहरू दीपिका लिम्बु र कौशिका लिम्बुलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरूले योजना सफल भएमा जनही २५-२५ लाख रुपैयाँ दिएर विदेश पठाइदिने आशा देखाउँछन्। विगत छ महिनादेखि योजना बनाएर उनीहरू बस्नेत परिवारलाई निशानामा राखिरहेका थिए। कक्षा १२ मा अध्ययनरत राजीवलाई अपहरण गर्न दीपिका र कौशिका उनको नजिक हुन्छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान गरेर उनीहरू राजीवलाई हनीट्रयापमा पार्छन्। त्यसपछि राजीव हनीट्रयाप परी उनीहरूसँग बोलीचाली र घुलमिल बढाउँछन्। सोही क्रममा माघ ४ गते उनीहरू सालवारिको झिलमा घुमफिर गर्न जान्छन्। उनीहरू माघ ५ गते एक रातसँगै श्रीअन्तु बस्ने योजनासमेत बनाउँछन्। 

सोही योजनाअनुसार राजीव घरबाट श्रीअन्तु जाने भन्दै निस्किएका थिए। राजीव घरबाट निस्किएलगत्तै युवतीलाई प्रयोग गरी अपहरण घटनामा संलग्नहरूले उनलाई बोलेरो गाडीमा राखेर १० मिनेट जति घुमाएर एकान्त ठाउँमा लगेर राख्छन्। त्यसपछि राजीवलाई बन्धक बनाएर मणिपुर र नेपाली भाषामा फिरौती रकम माग्न सुरु गर्छन्। राजीवलाई नछोडे आफूहरू नबाँच्ने सुइँको पाएपछि अपहरणकारीहरू देउनियाँ पुलमा छोडेर भागेको बताउँदै एसपी रेग्मीले भने, ‘घटनामा ठूलो मिस्ट्री छ, हनीट्रयाप, आर्थिक लेनदेनदेखि अपहरणसम्म।’ 

‘प्रहरीले समयमै ठीक ठाउँमा एक्सन लिँदा राजीवलाई सकुशल उद्धार गर्न सक्यौं। यो ठूलो उपलब्धि हो,’ उनले थपे।’ घटनामा फरार रहेकाहरू पक्राउ परेपछि मात्र घटनाको थप विषय वस्तु बाहिर ल्याउने उनको भनाइ छ।

घटनाका मुख्य योजनाकार मणिपुरमा रहेको छ।  घटना संलग्न भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम र चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.