सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्य परीक्षण

सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्य परीक्षण

बर्दिबास : बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न महोत्तरीको बर्दिबासमा सवारी साधनको यान्त्रिक तथा चालक तथा परिचालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। 

बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीले चालक परिचालकहरूको स्वास्थ्य परीक्षण र यान्त्रिक चेकजाँच सहितको दुर्घटना न्यूनीकरण तथा जनचेतनामुलक कार्यक्रम गरेको छ।

बर्दिबासस्थित साई मल्टिस्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा सवारी चालक र परिचालकको स्वास्थ्य चेकजाँच गरिएको बर्दिबास ट्राफिकले जनाएको छ।

मेयर प्रह्लादकुमार क्षेत्रीले बर्दिबास चोकको ट्राफिक व्यवस्थापनका लागि नगरपालिका गम्भीर रहेको बताए। नगरको ट्राफिक व्यवस्थापन गर्न बर्दिबास नगरपालिकाले बस पार्कको अवधारणा ल्याएको पनि उल्लेख गरे। 

उनले बर्दिबास चोक र व्यावसायिक क्षेत्रको नजिकमा पर्ने भप्सी खोला किनारमा बस पार्क बनाउने योजना बनाएको सुनाए। ‘बसपार्कको लागि डिपिआर पनि तयार भइसकेको छ। यसको लागि प्रदेश सरकार र केन्द्र सरकारसँग निरन्तर संवाद गरिरहेका छौं। नगर विकास कोषले २० करोड दिने सम्झौता पनि भएको छ,’ मेयर क्षेत्रीले भने।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथ ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले सवारी दुर्घटनामा दिनहुँ वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरे। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख उदय सिंह सिजापतिले दिनप्रतिदिन बढ्दै गइरहेको सवारीसाधनको चाप, बढ्दो शहरीकरण, साँघुरो बाटो, पुराना सवारी साधनको अवस्था, अव्यवस्थित पार्किङ र बसपार्कको समस्या ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको उल्लेख गरे।

बर्दिबास यातायात सेवा कार्यालयका प्रमुख राकेश यादवले अबको केहीदिन भित्रै घरबाटै सवारीसाधनको कर तिर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए।

महोत्तरीलगायत मधेस प्रदेशमा सवारी दुर्घटना बढ्दो क्रममा छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०८९ मा सवारी दुर्घटनामा परेर ५४ जनाले ज्यान गुमाएका छन्। त्यसै वर्ष ६५८ वटा दुर्घटनामा परेर ११८ जना गम्भीर घाइते भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.